९ फागुन २०८२, आइतवार

भर्खरै

वैतेश्वरमा एमालेलाई धक्का, लोकप्रिय नेता सन्तोष दाहाल नेकपामा प्रवेश

एमालेका लोकप्रिय पूर्वउम्मेदवार सन्तोष दाहाल नेकपामा प्रवेश

मृगेमा बलियो पकड भएका पूर्वउम्मेदवार दाहालको प्रवेशले वैतेश्वर एमालेलाई धक्का

हेर्दाहेर्दै डेस्क १४ माघ २०८२, बुधवार
एमालेका लोकप्रिय पूर्वउम्मेदवार सन्तोष दाहाल नेकपामा प्रवेश

News Summary


  • नेकपा एमाले वैतेश्वरका नेता तथा पूर्वउम्मेदवार सन्तोष दाहाल नेपाली  कम्युनिस्ट पार्टी (नेकपा) मा प्रवेश गरेका छन्।
  • मृगे क्षेत्रमा उनको व्यक्तिगत प्रभाव र बलियो जनमत भएकाले एमालेलाई सांगठनिक धक्का पुगेको छ भने नेकपालाई ठूलो बल मिलेको छ।

दोलखा । नेकपा एमाले वैतेश्वरका नेता तथा पूर्वउम्मेदवार सन्तोष दाहाल नेपाली कम्युनिस्ट पार्टी (नेकपा) मा प्रवेश गरेका छन्। वैतेश्वर गाउँपालिका-३ मृगे निवासी दाहाल २०७४ को स्थानीय तह निर्वाचनमा एमालेबाट वडा सदस्यको उम्मेदवार बनेका थिए।

​त्यतिबेला उनको प्यानल पराजित भए पनि दाहालले भने आफ्नो टिमको भन्दा निकै बढी र लोकप्रिय मत प्राप्त गरेका थिए। मृगे क्षेत्रमा व्यक्तिगत प्रभाव र बलियो जनमत भएका दाहालको बर्हिगमनले वैतेश्वर एमालेलाई सांगठनिक धक्का लागेको छ भने नेकपालाई सो क्षेत्रमा ठूलो बल मिलेको छ। उनीसँगै एमालेका केही सक्रिय कार्यकर्ता पनि नेकपामा प्रवेश गरेका छन्।

1078 Shares

लेखकको बारेमा

हेर्दाहेर्दै डेस्क

सम्बन्धित खबरहरु

न्युज अपडेटस्

ट्रेन्डिङ्ग पोष्ट