Herda Herdai logo २३ असोज २०८३, शुक्रवार

भर्खरै

दोलखा एमालेमा आन्तरिक विवाद – कमाण्डर शिवाकोटीले पद गरे अस्वीकार

दोलखा एमालेमा आन्तरिक मतभेद बढ्दै: चुनावी कमाण्डर शिवाकोटीले पद अस्वीकार

पार्टी नेतृत्वको निर्णयप्रति असन्तुष्टि जनाउँदै शिवाकोटीले जिम्मेवारी नलिने निर्णय सार्वजनिक गरे

हेर्दाहेर्दै डेस्क हेर्दाहेर्दै डेस्क १७ माघ २०८२, शनिवार
दोलखा एमालेमा आन्तरिक मतभेद बढ्दै: चुनावी कमाण्डर शिवाकोटीले पद अस्वीकार

News Summary


  • बालकृष्ण शिवाकोटीले नेकपा एमाले दोलखाको क्षेत्र नं. २ को चुनावी कमाण्डर जिम्मेवारी सार्वजनिक रूपमा अस्वीकार गरेका छन्।
  • उनले पार्टी नेतृत्वको निर्णयप्रति असन्तुष्टि जनाएका छन्, जुन प्रतिनिधि सभाका लागि पार्वत गुरुङको एकल नाम सिफारिसले गर्दा अन्य आकांक्षीहरूमा बढेको असन्तुष्टिको परिणाम मानिएको छ।

दोलखा । नेकपा एमाले दोलखाले क्षेत्र नं. २ का लागि तोकेको चुनावी कमाण्डरको जिम्मेवारी बालकृष्ण शिवाकोटीले सार्वजनिक रूपमा अस्वीकार गरेका छन्। शनिबार काठमाडौंको काडाघारीमा बसेको एमाले दोलखा–काठमाडौं सम्पर्क मञ्चको बैठकमा उनले जिम्मेवारी नलिने निर्णय खुलाए।

शिवाकोटीले पार्टी नेतृत्वको निर्णयप्रति असन्तुष्टि जनाउँदै अध्यक्ष नर श्रेष्ठको नेतृत्वमा गरिएको चयन आफूले स्वीकार गर्न नसक्ने स्पष्ट प्रतिक्रिया दिए।

दोलखामा प्रतिनिधि सभा सदस्यका लागि पार्वत गुरुङको ‘एकल नाम सिफारिस’ भएको विषयलाई लिएर अन्य आकांक्षीहरू असन्तुष्ट बनेसँगै आन्तरिक मतभेद सतहमा आएको बताइन्छ। सोही असन्तुष्टताको परिणामस्वरूप पार्टीभित्र चुनावी संरचनासम्म प्रभाव परेको विश्लेषण गरिएको छ।

3889 Shares

लेखकको बारेमा

हेर्दाहेर्दै डेस्क

हेर्दाहेर्दै डेस्क

सम्बन्धित खबरहरु

न्युज अपडेटस्

ट्रेन्डिङ्ग पोष्ट