चुनावी माहोल चर्किँदै गर्दा तरुण दल दोलखा अध्यक्ष तामाङको अचानक राजीनामा
कांग्रेस छाड्ने निर्णयले दोलखाको युवा राजनीतिमा नयाँ प्रश्न उठाउँदै
620
SharesNews Summary
- तरुण दल दोलखाका अध्यक्ष तामाङले आगामी चुनाव नजिकिँदै गर्दा पद र नेपाली कांग्रेस दुवैबाट राजीनामा दिएका छन्।
- फेसबुकमार्फत राजीनामा घोषणा गरेका उनले कारण स्पष्ट नपारे पनि यसले स्थानीय राजनीतिमा नयाँ तरंग ल्याएको छ।
- उनको यस निर्णयपछि कांग्रेसभित्रको आन्तरिक स्थिति र आगामी रणनीतिबारे विभिन्न टिप्पणी र अनुमान चल्न थालेका छन्।
दोलखा । आगामी चुनाव नजिकिँदै गर्दा तरुण दल दोलखाका अध्यक्ष तामाङले पद र पार्टी दुवैबाट राजीनामा दिएका छन्। मंगलबार बेलुका फेसबुकमा स्टाटस लेख्दै उनले नेपाली कांग्रेस छाडेको घोषणा गरेका हुन्।
लामो समयदेखि कांग्रेस संगठनमा सक्रिय तामाङ दोलखा क्षेत्रका प्रभावशाली युवा नेतामा परिरहेका थिए। युवामाझ लोकप्रियता बढाउँदै आएका उनले राजीनामाको स्पष्ट कारण सार्वजनिक नगरे पनि चुनावी सन्दर्भमा आएको उनको निर्णयले स्थानीय राजनीतिमा नयाँ तरंग पैदा गरेको छ।
तामाङको राजीनामापछि कांग्रेसभित्रको आन्तरिक स्थिति र आगामी रणनीतिबारे विभिन्न टिप्पणी र अनुमान चल्न थालेका छन्।
620 Shares