Herda Herdai logo २३ असोज २०८३, शुक्रवार

भर्खरै

दोलखामा नेकपाको प्रदर्शन बढ्दै: शैलुङमा दोस्रो ठूलो चुनावी सभा सम्पन्न

हेर्दाहेर्दै डेस्क हेर्दाहेर्दै डेस्क ५ फागुन २०८२, मङ्गलवार
दोलखामा नेकपाको प्रदर्शन बढ्दै: शैलुङमा दोस्रो ठूलो चुनावी सभा सम्पन्न

News Summary


• नेकपाले शैलुङमा दोस्रो चुनावी सभा गर्दै प्रचार अभियान तीव्र पारेको छ।

•शीर्ष नेताहरूको उपस्थितिमा मतदातामाझ मुख्य एजेन्डा सार्वजनिक गरिएको छ।

राजकुमार भुजेल,दोलखा। नेपाली कम्युनिष्ट पार्टी (नेकपा) दोलखाले आज शैलुङ गाउँपालिकामा गर्दै आएको चुनावी अभियानलाई थप उचाइमा पुर्‍याउँदै दोस्रो चुनावीसभा शक्ति प्रदर्शनका साथ सम्पन्न गरेको छ। निर्वाचन आयोगले प्रचार–प्रसारको समय खुलाएलगत्तै जिरीबाट अभियान सुरु गरेको नेकपाले शैलुङमा आयोजित सभामार्फत मतदातासँग प्रत्यक्ष संवाद र समर्थन जुटाउने प्रयास तीव्र पारेको हो।

सभामा नेकपा दोलखाका उम्मेदवार विशाल खड्का, केन्द्रीय नेता गंगा कार्की, बागमती प्रदेश कमिटी अध्यक्ष तथा जिल्ला निर्वाचन परिचालन समिति संयोजक भिमप्रसाद दाहाल, सह–संयोजक भरत दुलाल लगायत नेताहरूले सरकार, विकास र पार्टीको प्रतिवद्धताबारे कडा संदेशसहित मतदातालाई सम्बोधन गरे। पुराना वामपन्थी नेता भुवनसिंह थापाको अध्यक्षतामा चलेको सभामा समानुपातिक उम्मेदवार महेन्द्र बहादुर कार्की, राष्ट्रियसभा सदस्य घनश्याम रिजाल तथा स्थानीय नेतृत्वको सक्रिय उपस्थिति थियो।

कार्यक्रमपछि नेकपाले शैलुङ र आसपासका बस्तीमा घरदैलो, मतदाता भेटघाट र निर्वाचन लक्षित गतिविधि थप तीव्र बनाउने जनाएको छ।

293 Shares

लेखकको बारेमा

हेर्दाहेर्दै डेस्क

हेर्दाहेर्दै डेस्क

सम्बन्धित खबरहरु

न्युज अपडेटस्

ट्रेन्डिङ्ग पोष्ट