Herda Herdai logo २७ साउन २०८३, बुधवार

भर्खरै

दोलखामा नेकपाको चुनावी गतिविधि सक्रिय

हेर्दाहेर्दै डेस्क हेर्दाहेर्दै डेस्क ६ फागुन २०८२, बुधवार
दोलखामा नेकपाको चुनावी गतिविधि सक्रिय

News Summary


• दोलखामा विशाल खड्कासहित नेकपाको चुनावी सभा–घरदैलो तीव्र

दोलखा । आगामी निर्वाचनलाई लक्षित गर्दै नेपाली कम्युनिष्ट पार्टी (नेकपा) दोलखाले आफ्नो चुनावी प्रचार–प्रसार तीव्र पारेको छ। पार्टीले बुधबार मेलुङ गाउँपालिका–१ पवटीमा वडास्तरीय निर्वाचन परिचालन समितिको आयोजनामा चुनावी सभा सम्पन्न गरेको हो।

सभामा नेकपा दोलखाका उम्मेदवार विशाल खड्का र समानुपातिक उम्मेदवार महेन्द्रबहादुर कार्कीले दोलखाको विकासलाई प्राथमिकता दिने प्रतिबद्धता व्यक्त गर्दै मतदातासमक्ष समर्थन जुटाएका छन्। कार्यक्रम संयोजक प्रेमबहादुर थापाको अध्यक्षतामा भएको सभामा केन्द्रीय नेता गंगा कार्की, प्रदेश कमिटि अध्यक्ष तथा समितिका संयोजक भीमप्रसाद दाहाल लगायत नेताहरूले सम्बोधन गरेका थिए।

नेकपाले यसअघि जिरी र शैलुङमा सभा गरिसकेको छ भने घरदैलो तथा मतदाता भेटघाट अभियानलाई थप गति दिएको छ। पार्टीले भोलिदेखि गौरीशंकर गाउँपालिकामा घरदैलो अभियान सञ्चालन गर्ने जनाएको छ।

435 Shares

लेखकको बारेमा

हेर्दाहेर्दै डेस्क

हेर्दाहेर्दै डेस्क

सम्बन्धित खबरहरु

न्युज अपडेटस्

ट्रेन्डिङ्ग पोष्ट