Herda Herdai logo २७ साउन २०८३, बुधवार

भर्खरै

एमाले परित्याग गरी ४० नेता–कार्यकर्ता ‘नेपाली कम्युनिस्ट पार्टी’मा प्रवेश, प्रचण्डद्वारा स्वागत।

एमाले परित्याग गरी ४० नेता–कार्यकर्ता ‘नेपाली कम्युनिस्ट पार्टी’मा प्रवेश, प्रचण्डले गरे स्वागत

एमालेमा असन्तुष्टि र बहिर्गमन

हेर्दाहेर्दै डेस्क हेर्दाहेर्दै डेस्क १२ फागुन २०८२, मङ्गलवार
एमाले परित्याग गरी ४० नेता–कार्यकर्ता ‘नेपाली कम्युनिस्ट पार्टी’मा प्रवेश, प्रचण्डले गरे स्वागत

News Summary


  • नेकपा (एमाले) परित्याग गरी ४० जना नेता तथा कार्यकर्ताहरू एकैसाथ नेपाली कम्युनिस्ट पार्टीमा प्रवेश गरेका छन्।
  • उनीहरूले एमालेभित्रको आन्तरिक अन्योल र विचारगत अस्पष्टतालाई पार्टी छाड्नुको मुख्य कारण बताएका छन्।
  • अध्यक्ष प्रचण्डले नवप्रवेशीहरूलाई स्वागत गर्दै पार्टी थप सुदृढ हुने विश्वास व्यक्त गरे।

काठमाडौँ । नेकपा (एमाले) परित्याग गरी ४० जना नेता तथा कार्यकर्ताहरू एकैसाथ नेपाली कम्युनिस्ट पार्टीमा प्रवेश गरेका छन् । नेपाल मुक्ति समाजका अगुवाहरू तथा विभिन्न जनवर्गीय संगठनका पदाधिकारी र सदस्यसहितको टोली मंगलबार औपचारिक रूपमा सो पार्टीमा प्रवेश गरेको हो ।

​पार्टी केन्द्रीय कार्यालयमा आयोजित विशेष कार्यक्रमका बीच पुष्पकमल दाहाल 'प्रचण्ड' ले नवप्रवेशीहरूलाई खादा लगाएर पार्टीमा स्वागत गरे । कार्यक्रममा राष्ट्रिय सभा सदस्य घनश्याम रिजाल लगायतका नेताहरूको समेत उपस्थिति रहेको थियो ।

एमालेभित्र अन्योल र विचारगत अस्पष्टताको आरोप

​पार्टी प्रवेश गर्ने नेताहरूले एमाले छाड्नुको मुख्य कारण आन्तरिक अन्योल र विचारगत असमानता रहेको बताएका छन् । उनीहरूले एमालेभित्र कमजोर संगठनात्मक व्यवहार र नीतिगत अस्पष्टता बढेका कारण नयाँ राजनीतिक थलो रोज्नुपर्ने अवस्था आएको उल्लेख गरे ।

​अब नेपाली कम्युनिस्ट पार्टीको मार्गदर्शनमा गोलबन्द हुँदै जनताको पक्षमा सक्रियतापूर्वक काम गर्ने प्रतिबद्धता समेत उनीहरूले जाहेर गरेका छन् ।

पार्टी सुदृढ हुने विश्वास

​नवप्रवेशीहरूलाई स्वागत गर्दै अध्यक्ष प्रचण्डले नयाँ कार्यकर्ताको आगमनले पार्टीलाई अझ सुदृढ, गतिशील र जनमुखी बनाउन महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे । उनले यो ध्रुवीकरणले आगामी दिनमा कम्युनिस्ट आन्दोलनलाई नयाँ उचाइमा पुर्‍याउने दाबी समेत गरे ।

​एमालेका विभिन्न तहका जिम्मेवार नेताहरूले एकैसाथ पार्टी छाडेर नेपाली कम्युनिस्ट पार्टी रोज्नुलाई राजनीतिक वृत्तमा चासोका साथ हेरिएको छ ।

852 Shares

लेखकको बारेमा

हेर्दाहेर्दै डेस्क

हेर्दाहेर्दै डेस्क

सम्बन्धित खबरहरु

न्युज अपडेटस्

ट्रेन्डिङ्ग पोष्ट