Herda Herdai logo २७ साउन २०८३, बुधवार

भर्खरै

विगु–कालिन्चोकमा व्यापक राजनीतिक ध्रुवीकरण, विशाल खड्का पक्षमा ऐतिहासिक जनसंगठन

सिङ्गो गाउँ नै नेकपामा समाहित: विशाल खड्कालाई जिताउन विगु र कालिन्चोकमा राजनीतिक पहिरो !

विगु र कालिन्चोकका गाउँ–गाउँबाट सयौँको प्रवेश, एमाले–कांग्रेसका बलिया गढमै नेकपाको दबदबा

हेर्दाहेर्दै डेस्क हेर्दाहेर्दै डेस्क १८ फागुन २०८२, सोमवार
सिङ्गो गाउँ नै नेकपामा समाहित: विशाल खड्कालाई जिताउन विगु र कालिन्चोकमा राजनीतिक पहिरो !

News Summary


* उत्तरी दोलखाको विगु र कालिन्चोकमा एमाले र कांग्रेसका सयौँ नेता तथा कार्यकर्ता नेकपाका उम्मेदवार विशाल खड्कालाई समर्थन गर्दै पार्टी प्रवेश गरेका छन्।

* परम्परागत रूपमा विपक्षी दलको प्रभाव क्षेत्र मानिएका स्थानबाट भएको यो व्यापक दल-बदलीले स्थानीय स्तरमा खड्काको जनलहर बलियो बनाएको छ र आगामी निर्वाचनमा उनको जितको सम्भावना बढेको छ।

दोलखा । चुनावको माहोल चर्किँदै जाँदा उत्तरी दोलखामा ठूलो राजनीतिक परिवर्तन आएको छ। नेपाली  कम्युनिष्ट पार्टी (नेकपा) का उम्मेदवार विशाल खड्कालाई समर्थन गर्दै विगु र कालिन्चोकका ठाउँ–ठाउँबाट सयौँ नेता तथा कार्यकर्ताहरू पार्टी प्रवेश गरेका छन्।

एमाले र नेपाली कांग्रेस परित्याग गर्दै सिङ्गो गाउँ नै नेकपामा समाहित भएपछि स्थानीय स्तरमा खड्काको पक्षमा बलियो जनलहर बनेको देखिन्छ। गाउँ–टोलमै समर्थनको तरंग फैलिएको नेकपा स्थानीय नेतृत्वको दाबी छ।

विगु–५ चिलंखाबाट ५१ जना, विगु–८ खोपाचागुबाट ३७ जना र कालिन्चोक–२ बाबरेबाट ५० जना कार्यकर्ता औपचारिक रूपमा नेकपामा प्रवेश गरेका छन्। यी क्षेत्रहरू परम्परागत रूपमा कांग्रेस र एमालेको प्रभाव क्षेत्र मानिँदै आएका थिए।

नवप्रवेशीहरूले विकास, सुशासन र युवाहरूको भविष्यका सवालमा विशाल खड्काले देखाएको भिजनले आफूहरू आकर्षित भएको बताएका छन्। “यसपालि विशाल खड्कालाई जिताउनुको विकल्प छैन,” एक स्थानीय अगुवाले भने, “हामी सबै गाउँले एकताबद्ध भएर नेकपामा आएको कारण पनि यही हो।”

चिलंखा, खोपाचागु र बाबरेजस्ता क्षेत्रबाट ठूलो संख्यामा नेता–कार्यकर्ता बाहिरिएपछि विपक्षी दलका स्थानीय संगठनहरू थर्किएको देखिन्छ। 

नवप्रवेशीहरूलाई स्वागत गर्दै नेकपा उम्मेदवार विशाल खड्काले उनीहरूको विश्वास टुट्न नदिने प्रतिबद्धता जनाए। उनले दोलखाको समृद्धि, पूर्वाधार र सेवा–सुविधामा आमूल परिवर्तन ल्याउन आफू अहोरात्र खटिने बताए।

स्थानियस्तरमै देखिएको यस्तो व्यापक ध्रुवीकरणले आगामी निर्वाचनमा विशाल खड्काको जितको सम्भावना झन् प्रबल बनेको नेकपा नेता तथा स्थानीय पर्यवेक्षकहरूको मूल्यांकन छ।

1584 Shares

लेखकको बारेमा

हेर्दाहेर्दै डेस्क

हेर्दाहेर्दै डेस्क

सम्बन्धित खबरहरु

न्युज अपडेटस्

ट्रेन्डिङ्ग पोष्ट