Herda Herdai logo २३ असोज २०८३, शुक्रवार

भर्खरै

निर्वाचन खर्च विवरण

दोलखाका सांसद जगदीश खरेलको चुनावी खर्च २० लाख ६० हजार (सूचीसहित)

वडा तहको घरदैलो र प्रचारप्रसारमा सबैभन्दा धेरै ७ लाख ४० हजार खर्च भएको विवरण पेश

हेर्दाहेर्दै डेस्क हेर्दाहेर्दै डेस्क १० चैत २०८२, मङ्गलवार
दोलखाका सांसद जगदीश खरेलको चुनावी खर्च २० लाख ६० हजार (सूचीसहित)

News Summary


  • दोलखाका रास्वपा सांसद जगदीश खरेलले आफ्नो चुनावी खर्च विवरण सार्वजनिक गरेका छन्।
  • उनले कुल २० लाख ६० हजार रुपैयाँ खर्च भएको जानकारी दिएका छन्, जसमा वडास्तरीय प्रचारमा सबैभन्दा बढी खर्च भएको छ।
  •  

दोलखा । दोलखाबाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद एवं सब-इन्जिनियर जगदीश खरेलले आफ्नो चुनावी खर्च विवरण सार्वजनिक गरेका छन्। निर्वाचन आयोगमा बुझाइएको आधिकारिक प्रतिवेदन अनुसार खरेलले चुनावी अभियानका क्रममा कुल २० लाख ६० हजार रुपैयाँ खर्च भएको उल्लेख गरेका छन्।

प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ७२ र आयोगद्वारा स्वीकृत निर्वाचन आचारसंहिता बमोजिम खरेलले आइतबार निर्वाचन कार्यालयमा उक्त खर्चको फाँटवारी बुझाएका हुन्।

​कुन शीर्षकमा कति खर्च ?

खरेलले बुझाएको विवरण अनुसार सबैभन्दा बढी खर्च जिल्लाका ७४ वटा वडामा गरिएको ‘वडा स्तरीय प्रचार–प्रसार र घरदैलो’ कार्यक्रममा भएको छ। यस शीर्षकमा ७ लाख ४० हजार रुपैयाँ खर्च भएको देखाइएको छ।

​त्यसैगरी, चुनावका बेला १५ दिनको यातायात तथा इन्धन खर्च ४ लाख ५० हजार रुपैयाँ र झण्डा, ब्याज, ब्यानर तथा स्टिकर जस्ता प्रचार सामग्रीमा ३ लाख ६५ हजार रुपैयाँ खर्च भएको छ।

​खर्चका अन्य मुख्य शीर्षकहरू:

  • ​निर्वाचन सचिवालय (रासनपानी): २ लाख ३५ हजार
  • ​सचिवालय घरभाडा: १ लाख २० हजार
  • ​नमुना मतपत्र छपाई: ५५ हजार
  • ​कार्यालय स्टेशनरी (प्रिन्टर, फोटोकपी): ४५ हजार
  • ​मतदाता प्रशिक्षण खाजा खर्च: ४० हजार
  • ​मनोनयन दर्ता: १० हजार

​पेशाले सब-इन्जिनियर रहेका खरेलले २०८२ चैत ९ गते आफ्नो हस्ताक्षरसहितको यो विवरण पेश गरेका हुन्। 

519 Shares

लेखकको बारेमा

हेर्दाहेर्दै डेस्क

हेर्दाहेर्दै डेस्क

सम्बन्धित खबरहरु

न्युज अपडेटस्

ट्रेन्डिङ्ग पोष्ट