बालेन शाहको सपथग्रहण शुक्रबार १२:३४ मा, धार्मिक विधिअनुसार भव्य तयारी
बटुक, बौद्ध लामा र ब्राह्मणको सहभागितामा बहुधार्मिक माहोल सिर्जना गरिने
319
SharesNews Summary
- बालेन शाहको सपथग्रहण शुक्रबार दिउँसो १२:३४ मा विशेष धार्मिक तथा सांस्कृतिक वातावरणमा हुनेछ।
- समारोहलाई बटुक, बौद्ध लामा र ब्राह्मणद्वारा बहुधार्मिक समन्वयको प्रतीकका रूपमा प्रस्तुत गरिनेछ।
काठमाडौं । बालेन शाह को सपथग्रहण समारोह शुक्रबार मध्याह्न १२ बजेर ३४ मिनेटको शुभ साइतमा हुने भएको छ। उक्त समारोहलाई विशेष धार्मिक एवं सांस्कृतिक वातावरणमा सम्पन्न गर्ने तयारी गरिएको छ।
समारोहमा १०८ जना बटुकद्वारा स्वस्तिक वाचन गरिनेछ भने १०७ जना बौद्ध लामा गुरुहरूले मंगलवाचन गर्ने कार्यक्रम तय गरिएको छ। यसका साथै ७ जना ब्राह्मणहरूले शंखनाद गरी सपथग्रहण समारोहलाई सनातन धर्मअनुसार गुन्जायमान बनाउने तयारी गरिएको छ।
यसपटकको सपथग्रहणलाई बहुधार्मिक र सांस्कृतिक समन्वयको प्रतीकका रूपमा प्रस्तुत गर्ने उद्देश्य राखिएको आयोजक पक्षले जनाएको छ।
319 Shares