दोलखामा एमालेको सडक प्रदर्शन, ओलीको रिहाइ माग्दै दबाब
चरिकोटमा जुलुससहित विरोध, केन्द्रमा पक्राउपछि जिल्लामा आन्दोलन
419
SharesNews Summary
- एमाले अध्यक्ष केपी ओली र पूर्व गृहमन्त्री रमेश लेखक पक्राउ परेपछि दोलखा लगायतका जिल्लामा एमाले सम्बद्ध समूहले विरोध प्रदर्शन गरेका छन्।
- एमालेले उक्त पक्राउलाई लक्षित राजनीतिक कदम भन्दै 'जेन्जी आन्दोलन' छानबिन समितिको सिफारिसमा आधारित कारबाही अस्वीकार्य रहेको जनाएको छ।
- पार्टीले अब आन्दोलनलाई थप तीव्र बनाउने र देशभरका प्रशासन कार्यालयहरूमा विरोधपत्र बुझाउने तयारी गरेको छ।
दोलखा । एमाले अध्यक्ष केपी शर्मा ओलीलाई नियन्त्रणमा लिइएपछि त्यसको असर जिल्ला तहसम्म देखिन थालेको छ। यसै क्रममा दोलखाको सदरमुकाम चरिकोटमा शनिबार एमालेसम्बद्ध समूहहरूले सडक प्रदर्शन गरेका छन्।
स्थानीय कार्यकर्ताहरूले बजार क्षेत्र घुम्दै जुलुस निकालेका थिए। विरोधका क्रममा उनीहरूले सरकारको कदमप्रति असहमति जनाउँदै चर्का नारा लगाएका थिए भने प्रधानमन्त्री बालेन्द्र शाहको प्रतीकात्मक पुत्ला समेत प्रदर्शनमा राखिएको थियो।
ओलीसँगै तत्कालीन गृहमन्त्री रमेश लेखक पनि पक्राउ परेपछि एमालेले यसलाई लक्षित राजनीतिक कदमका रूपमा व्याख्या गर्दै विरोध कार्यक्रमहरू विस्तार गरिरहेको छ।
जेन्जी आन्दोलनका विषयमा बनेको छानबिन समितिले केही शीर्ष नेताहरूमाथि कारबाही सिफारिस गरेपछि प्रहरीले कारबाही अघि बढाएको हो। तर एमालेले भने उक्त सिफारिसको आधारमै गरिएको पक्राउलाई स्वीकार गर्न नसकिने बताएको छ।
पार्टीले अब आन्दोलनलाई थप तीव्र बनाउने संकेत गर्दै देशभरका प्रशासन कार्यालयहरूमा विरोधपत्र बुझाउने तयारी समेत गरेको जनाएको छ।
419 Shares