Herda Herdai logo २७ साउन २०८३, बुधवार

भर्खरै

शिक्षा / कार्यक्रम / भक्तपुर

जुरिच मोन्टेस्वरीको दीक्षान्त तथा जेष्ठ नागरिक सम्मान कार्यक्रम सम्पन्न

हजुरबुबा–हजुरआमालाई सम्मान गर्दै २७ विद्यार्थी दीक्षित

हेर्दाहेर्दै डेस्क हेर्दाहेर्दै डेस्क १८ चैत २०८२, बुधवार
जुरिच मोन्टेस्वरीको दीक्षान्त तथा जेष्ठ नागरिक सम्मान कार्यक्रम सम्पन्न

News Summary


 

  • जुरिच मोन्टेस्वरीले दीक्षान्त समारोह र हजुरबुबा–हजुरआमा सम्मान कार्यक्रम भव्यताका साथ सम्पन्न गर्‍यो।
  • कार्यक्रमले शिक्षाका साथै पारिवारिक मूल्य र संस्कारको महत्त्वलाई उजागर गर्‍यो।
  • यस वर्षको दीक्षान्त समारोहमा २७ जना विद्यार्थी दीक्षित भएका छन्।

भक्तपुर/काठमाडौँ । जुरिच मोन्टेस्वरीले दीक्षान्त समारोह तथा हजुरबुबा–हजुरआमा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न गरेको छ। कार्यक्रम सि.भी.एम. (CVM) स्कुलको प्राङ्गणमा आयोजना गरिएको थियो।

विद्यालयका अध्यक्ष अमृत राउतको सभापतित्वमा सम्पन्न कार्यक्रममा पूर्व जिल्ला शिक्षा अधिकारी बाबुकाजी कार्की प्रमुख अतिथि रहेका थिए। सि.भी.एम. स्कुलका अध्यक्ष श्याम सुन्दर बस्नेत विशिष्ट अतिथिका रूपमा सहभागी थिए।

कार्यक्रममा हजुरबुबा–हजुरआमालाई सम्मान गर्दै पारिवारिक मूल्य र संस्कारको महत्त्व उजागर गरिएको विद्यालयले जनाएको छ।

दीक्षान्त समारोहअन्तर्गत यस वर्ष २७ जना विद्यार्थी दीक्षित भएका छन्। वि.सं. २०७४ मा स्थापना भएको विद्यालयमा हाल ११० जना विद्यार्थी अध्ययनरत छन्।

कार्यक्रममा फाउन्डर प्रिन्सिपल इन्जिनियर विजिता के.सी.ले विद्यालयको शैक्षिक यात्रा र गुणस्तरबारे जानकारी दिइन्। को-अर्डिनेटर रचना कार्कीले विद्यालयका गतिविधिबारे प्रकाश पारिन्।

अभिभावकका तर्फबाट पवन मैनाली र उर्मिला दाहालले मन्तव्य राख्दै विद्यालयको भूमिकाको प्रशंसा गरे।

कार्यक्रमले शिक्षा सँगसँगै संस्कारको महत्वसमेत उजागर गरेको आयोजकले जनाएको छ।

467 Shares

लेखकको बारेमा

हेर्दाहेर्दै डेस्क

हेर्दाहेर्दै डेस्क

सम्बन्धित खबरहरु

न्युज अपडेटस्

ट्रेन्डिङ्ग पोष्ट