Herda Herdai logo २३ असोज २०८३, शुक्रवार

भर्खरै

घरभित्रै वन्यजन्तुका अङ्ग लुकाउने पक्राउ

विगुमा वन्यजन्तुका अङ्गसहित एक जना पक्राउ

विगु-४ लादुकमा प्रहरीको छापा: मृग, चिल र पाहाका अङ्ग बरामद, ६० वर्षीय वृद्ध प्रहरी नियन्त्रणमा।

हेर्दाहेर्दै डेस्क हेर्दाहेर्दै डेस्क २५ चैत २०८२, बुधवार
विगुमा वन्यजन्तुका अङ्गसहित एक जना पक्राउ

News Summary


घरभित्र प्रतिबन्धित वन्यजन्तुका अंगहरू लुकाएर राखेको अवस्थामा ६० वर्षीय अमृतबहादुर तामाङ पक्राउ परेका छन्।

प्रहरीले खानतलासी गर्दा मृगको टाउको र खुट्टा, चिलको पखेटा र खुट्टा तथा पाहा फेला पारेको छ।

इलाका प्रहरी कार्यालय सिंगटी र गौरीशंकर संरक्षण क्षेत्रका कर्मचारीहरूको संयुक्त टोलीले गोप्य सूचनाको आधारमा छापा मारेको थियो।

पक्राउ परेका तामाङ र बरामद गरिएका अंगहरूलाई थप अनुसन्धान र कानुनी प्रक्रियाका लागि गौरीशंकर संरक्षण क्षेत्र आयोजना (GCAP), सिंगटीमा बुझाइएको छ।

दोलखा । दोलखाको विगु गाउँपालिका–४ लादुकबाट प्रतिबन्धित वन्यजन्तुका विभिन्न अङ्गसहित ६० वर्षीय अमृतबहादुर तामाङ पक्राउ परेका छन्।

​विशेष सूचनाको आधारमा खटिएको इलाका प्रहरी कार्यालय सिंगटी र गौरीशंकर संरक्षण क्षेत्र आयोजना (GCAP) को संयुक्त टोलीले तामाङको घरमा छापा मारेको थियो। प्रहरी निरीक्षक विष्णुहरी फुँयालको नेतृत्वमा गएको टोलीले घरभित्र लुकाइराखेको अवस्थामा मृगको टाउको र खुट्टा, चिलको पखेटा र खुट्टा तथा पाहा बरामद गरेको छ।

​पक्राउ परेका तामाङलाई थप अनुसन्धान र कानुनी कारबाहीका लागि गौरीशंकर संरक्षण क्षेत्र आयोजनाको कार्यालय, सिंगटीमा बुझाइएको प्रहरीले जनाएको छ।

558 Shares

लेखकको बारेमा

हेर्दाहेर्दै डेस्क

हेर्दाहेर्दै डेस्क

सम्बन्धित खबरहरु

न्युज अपडेटस्

ट्रेन्डिङ्ग पोष्ट