जिरी नगरपालिकाको कक्षा ८ को नतिजा सार्वजनिक : ३.८८ जीपीए ल्याएर शहीद स्मृतिका दुई विद्यार्थी नगर प्रथम
शहीद स्मृति माविबाट ६ जनाले ल्याए ‘ए प्लस’, समग्र नतिजा उत्साहजनक
349
SharesNews Summary
- जिरी नगरपालिकाको नगरस्तरीय कक्षा ८ को नतिजा सार्वजनिक भएको छ, जहाँ शहीद स्मृति माध्यमिक विद्यालयका लमु शेर्पा र अमन मलीले समान ३.८८ जीपीएका साथ नगरभरिमै प्रथम स्थान हासिल गरे।
- उक्त विद्यालयबाट ६ जनाले 'ए प्लस' ग्रेड तथा अन्य १२ जनाले 'ए' र ६ जनाले 'बी प्लस' ग्रेड प्राप्त गर्दै समग्रमा उत्कृष्ट नतिजा ल्याएका छन्।
जिरी , दोलखा । जिरी नगरपालिकाद्वारा सञ्चालित नगरस्तरीय आधारभूत तह उत्तीर्ण परीक्षा (कक्षा ८) को नतिजा सार्वजनिक भएको छ । सार्वजनिक नतिजा अनुसार जिरीस्थित शहीद स्मृति माध्यमिक विद्यालयका दुई जना विद्यार्थीले नगरभरिमै उत्कृष्ट अंक ल्याएर प्रथम स्थान हासिल गरेका छन् ।
विद्यालयका अनुसार छात्रा लमु शेर्पा र छात्र अमन मलीले समान ३.८८ जीपीए प्राप्त गर्दै नगरपालिका प्रथम हुन सफल भएका हुन् ।
उत्कृष्ट नतिजा : ६ जनाको 'ए प्लस'
जिरी नगरपालिकाभरिमै सर्वोत्कृष्ट स्थान हासिल गर्न सफल शहीद स्मृति माविको समग्र नतिजा पनि उत्साहजनक देखिएको छ । विद्यालय प्रशासनका अनुसार यो वर्षको परीक्षामा सहभागी विद्यार्थीमध्ये ६ जनाले 'ए प्लस' (A+) ग्रेड प्राप्त गरेका छन् ।
त्यसैगरी, १२ जना विद्यार्थीले 'ए' (A) ग्रेड र ६ जना विद्यार्थीले 'बी प्लस' (B+) ग्रेड ल्याएर उत्तीर्ण भएको विद्यालयले जनाएको छ ।
349 Shares