Herda Herdai logo २७ साउन २०८३, बुधवार

भर्खरै

दोलखामा जेसीबी दुर्घटना: चालकको मृत्यु

दोलखामा जेसीबी दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु

सिङ्गटीबाट चरिकोटतर्फ जाँदै गरेको बिन्दबासिनी निर्माण सेवाको जेसीबी दुर्घटना, रामेछापका ३० वर्षीय सुगम पौडेलको ज्यान गयो

हेर्दाहेर्दै डेस्क हेर्दाहेर्दै डेस्क २९ चैत २०८२, आइतवार
दोलखामा जेसीबी दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु

News Summary


  • दोलखाको चरिकोट–सिङ्गटी सडक खण्डमा जेसीबी दुर्घटना।
  • चालक रामेछापका ३० वर्षीय सुगम पौडेलको घटनास्थलमै मृत्यु।
  • जेसीबी सडकबाट १९ फिट तल खसेको र घटनाबारे अनुसन्धान जारी छ।

दोलखा । चरिकोट–सिङ्गटी सडक खण्ड अन्तर्गत कालिन्चोक गाउँपालिका–३ एक्ले सल्लाघारीमा जेसीबी दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु भएको छ।

​शनिबार राति सिङ्गटीबाट चरिकोटतर्फ जाँदै गरेको बागमती प्रदेश ०१–००४ क ५४४० नम्बरको बिन्दबासिनी निर्माण सेवाको जेसीबी दुर्घटना हुँदा रामेछापको मन्थली नगरपालिका–१२ गेलुका ३० वर्षीय सुगम पौडेलको मृत्यु भएको हो।

​जिल्ला प्रहरी कार्यालय दोलखाका अनुसार जेसीबी सडकबाट करिब १९ फिट तल खसेको छ। घटनाको जानकारी पाएलगत्तै इलाका प्रहरी कार्यालय सिङ्गटीबाट प्रहरी निरीक्षक विष्णुहरी फुँयालको नेतृत्वमा टोली घटनास्थल पुगेको थियो। दुर्घटनाको थप कारणबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

405 Shares

लेखकको बारेमा

हेर्दाहेर्दै डेस्क

हेर्दाहेर्दै डेस्क

सम्बन्धित खबरहरु

न्युज अपडेटस्

ट्रेन्डिङ्ग पोष्ट