Herda Herdai logo २७ साउन २०८३, बुधवार

भर्खरै

एमाले र नेकपा हुँदै संगिताको यात्रा अब 'घण्टी'तिर

एमाले र नेकपा हुँदै संगिता पाख्रिन पुगिन् घण्टी घर

एमाले, एकीकृत समाजवादी र नेकपा हुँदै संगिताको राजनीतिक यात्रामा नयाँ मोड: 'विकल्प' खोज्दै रास्वपामा प्रवेश।

हेर्दाहेर्दै डेस्क हेर्दाहेर्दै डेस्क १२ वैशाख २०८३, शनिवार
एमाले र नेकपा हुँदै संगिता पाख्रिन पुगिन् घण्टी घर

News Summary


  • लामो समयदेखि कम्युनिस्ट राजनीतिमा सक्रिय नेतृ संगिता पाख्रिनले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रवेश गरेकी छन्।
  • उनले पुरानो राजनीतिक शैली र नेतृत्वबाट जनअपेक्षा पूरा नभएकाले वैकल्पिक धार रोजेको बताएकी छिन्।

चरिकोट, दोलखा । दोलखाको राजनीतिमा एउटा ठूलो हलचल पैदा भएको छ। लामो समयदेखि कम्युनिस्ट राजनीतिमा सक्रिय र प्रभावशाली पहिचान बनाएकी नेतृ संगिता पाख्रिनले अन्ततः 'रास्वपा' रोजेकी छिन्। शनिबार सदरमुकाम चरिकोटस्थित एम्ब्रोसिया होटलमा आयोजित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को जिल्ला भेलाका क्रममा उनले औपचारिक रूपमा पार्टी प्रवेश गरेकी हुन्।

पाख्रिनको राजनीतिक यात्रा निकै रोचक र उतारचढावपूर्ण देखिएको छ। नेकपा एमालेबाट राजनीति सुरु गरेकी उनी पार्टी विभाजनपछि एकीकृत समाजवादीमा लागेकी थिइन्। त्यसपछि नेपाली कम्युनिस्ट पार्टी (नेकपा) मा क्रियाशील रहेकी पाख्रिनले अहिले ती सबै पुराना दलहरूलाई त्याग्दै रास्वपाको झण्डा समातेकी हुन्।

उनी २०७९ सालको स्थानीय निर्वाचनमा भीमेश्वर नगरपालिकाको उपमेयर पदका लागि बलियो उम्मेदवार थिइन्। तत्कालीन समयमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादीको साझा गठबन्धनको तर्फबाट उनले चुनावी प्रतिस्पर्धा गरेकी थिइन्।

पार्टी प्रवेशका क्रममा उनले पुरानो राजनीतिक शैली र नेतृत्वबाट जनताको अपेक्षा पूरा हुन नसकेकाले वैकल्पिक राजनीतिको धारमा समाहित भएको संकेत गरेकी छिन्। चरिकोटमा आयोजित उक्त कार्यक्रममा रास्वपाका नेताहरूले उनलाई स्वागत गर्दै दोलखामा पार्टी संगठन अब झन् मजबुत हुने दाबी गरे।

​दोलखाको सदरमुकाममै भएको यो दलबदलले आगामी दिनमा जिल्लाको राजनीतिक समीकरणमा कस्तो असर पार्छ, त्यो भने हेर्न बाँकी छ।

716 Shares

लेखकको बारेमा

हेर्दाहेर्दै डेस्क

हेर्दाहेर्दै डेस्क

सम्बन्धित खबरहरु

न्युज अपडेटस्

ट्रेन्डिङ्ग पोष्ट