एपेक्स स्कूलको सक्रियतामा सामुदायिक प्रहरी कार्यक्रम
विद्यार्थीलाई साइबर अपराधदेखि लैङ्गिक हिंसासम्म सचेतना
1054
SharesNews Summary
- दोलखाको एपेक्स स्कूलमा प्रहरीको साझेदारीमा विद्यार्थीहरूलाई लैङ्गिक हिंसा, साइबर अपराध लगायतका विषयमा सचेतना कार्यक्रम गरियो।
- यस कार्यक्रमले विद्यार्थीमा चेतना, आत्मरक्षा र जिम्मेवारीबोध विकास गर्ने लक्ष्य राखेको छ।
दोलखा । चारिकोटस्थित एपेक्स स्कूलको सक्रियतामा “सामुदायिक प्रहरी–विद्यालय साझेदारी कार्यक्रम” सम्पन्न भएको छ।
विद्यालयको समन्वयमा आयोजित कार्यक्रममा जिल्ला प्रहरी कार्यालय दोलखाका प्रहरी निरीक्षक श्रीराम तिमिल्सिनाले सहजीकरण गर्दै विद्यार्थीहरूलाई लैङ्गिक हिंसा, साइबर अपराध, लागूऔषध दुरुपयोग तथा यौन दुर्व्यवहारजस्ता विषयमा सचेतना दिएका थिए।
कार्यक्रममा “प्रहरी हाम्रो साथी हो” भन्ने सन्देशसहित आवश्यक पर्दा कानुनी सहायता लिने तरिका, व्यक्तिगत सुरक्षा अपनाउने उपाय र जिम्मेवार नागरिकको भूमिकाबारे जानकारी दिइएको थियो।
विद्यालयका अनुसार यस्ता कार्यक्रमले विद्यार्थीमा चेतना अभिवृद्धि गर्नुका साथै आत्मरक्षा र जिम्मेवारीबोध विकास गर्न सहयोग पुग्ने विश्वास लिइएको छ।
1054 Shares