Herda Herdai logo २७ साउन २०८३, बुधवार

भर्खरै

दोलखामा आयुर्वेद स्वास्थ्यकर्मीका लागि चार दिने क्षमता अभिवृद्धि तालिम सुरु

दोलखामा आयुर्वेद स्वास्थ्यकर्मीका लागि क्षमता अभिवृद्धि तालिम सुरु

पहिलो चरणमा आयुर्वेद स्वास्थ्यकर्मी र दोस्रो चरणमा विद्यालय नर्सहरूलाई तालिम दिइने

हेर्दाहेर्दै डेस्क हेर्दाहेर्दै डेस्क २९ वैशाख २०८३, मङ्गलवार
दोलखामा आयुर्वेद स्वास्थ्यकर्मीका लागि क्षमता अभिवृद्धि तालिम सुरु

News Summary


  • दोलखाका आयुर्वेद स्वास्थ्यकर्मीको कार्यक्षमता र सेवा प्रभावकारिता बढाउन चार दिने विशेष तालिम सुरु भएको छ।
  • आयुर्वेद तथा वैकल्पिक चिकित्सालय दोलखाको आयोजनामा भएको यो तालिमले स्वास्थ्यकर्मीको ज्ञान र सीप सुधार गर्ने लक्ष्य राखेको छ।
  • पहिलो चरणपछि, दोस्रो चरणमा भीमेश्वर नगरपालिकाका माध्यमिक विद्यालयमा कार्यरत नर्सहरूलाई तालिम दिइनेछ।

दोलखा । दोलखाका आयुर्वेद स्वास्थ्यकर्मीको कार्यक्षमता बढाउन चार दिने विशेष तालिम सुरु भएको छ। आयुर्वेद तथा वैकल्पिक चिकित्सालय दोलखाको आयोजनामा सोमबारदेखि पहिलो चरणको तालिम सुरु भएको हो।

​दोलखाका प्रमुख जिल्ला अधिकारी हरि प्रसाद घिमिरेले पानसमा दीप प्रज्वलन गरेर तालिमको उद्घाटन गरे। उद्घाटनका क्रममा उनले यस्ता तालिमले स्वास्थ्यकर्मीको आत्मविश्वास बढ्ने र बिरामीले पाउने सेवा अझ राम्रो हुने विश्वास व्यक्त गरे।

आयुर्वेद तथा वैकल्पिक चिकित्सालयका प्रमुख बिमल श्रेष्ठले तालिमको मुख्य लक्ष्य सेवालाई थप प्रभावकारी बनाउनु रहेको बताए। उनले यो तालिम विशेष गरी स्वास्थ्यकर्मीको ज्ञान र सीपमा सुधार ल्याउन केन्द्रित रहेको जानकारी दिए। तालिम अवधिभर जिल्लाभरका आयुर्वेद औषधालय र आरोग्य सेवा केन्द्रका प्रमुख तथा कर्मचारीलाई कार्यालयको सेवा कसरी उत्कृष्ट र जनमुखी बनाउने भन्नेबारे सिकाइने श्रेष्ठको भनाइ छ।

​कार्यक्रममा पशुपति चौलागाईं स्मृति अस्पतालका मेसु डा. अच्युत पौडेल र जनस्वास्थ्य कार्यालयका निमित्त प्रमुख भुवन राज केसी लगायत विभिन्न कार्यालयका प्रतिनिधिको उपस्थिति थियो। कार्यक्रम चिकित्सालय व्यवस्थापन समितिका अध्यक्ष राजन बस्नेतको अध्यक्षतामा भएको थियो।

​पहिलो चरणको यो कार्यक्रम वैशाख ३१ गतेसम्म चल्नेछ। त्यसपछि दोस्रो चरणमा जेठ ४ गतेदेखि ७ गतेसम्म भीमेश्वर नगरपालिकाका माध्यमिक विद्यालयमा कार्यरत नर्सहरूलाई तालिम दिइने आयोजकले जनाएको छ।

347 Shares

लेखकको बारेमा

हेर्दाहेर्दै डेस्क

हेर्दाहेर्दै डेस्क

सम्बन्धित खबरहरु

न्युज अपडेटस्

ट्रेन्डिङ्ग पोष्ट