Herda Herdai logo २३ असोज २०८३, शुक्रवार

भर्खरै

दोउवासंघ निर्वाचन २०८३

दोउवासंघ चुनावमा सनत थापा प्यानललाई सुरुवाती अग्रता

मैनापोखरी शाखा र एशोसिएट सदस्यमा निर्विरोध जितसँगै सनत थापा प्यानल उत्साहित बनेको छ।

हेर्दाहेर्दै डेस्क हेर्दाहेर्दै डेस्क ३० वैशाख २०८३, बुधवार
दोउवासंघ चुनावमा सनत थापा प्यानललाई सुरुवाती अग्रता

News Summary


  • दोलखा उद्योग वाणिज्य सङ्घको अधिवेशनअघि सनत थापा प्यानलका दुई उम्मेदवार (राजकुमार दाहाल र पुरुषोत्तम बुढाथोकी) निर्विरोध निर्वाचित भएका छन्।
  • नयाँ नेतृत्वका लागि सनत थापा र दिनेश पाठक समूहबीच प्रतिस्पर्धा हुँदैछ भने बाँकी पदका लागि भोलि निर्वाचन हुनेछ।

दोलखा । दोलखा उद्योग वाणिज्य सङ्घको वैशाख ३१ गते हुने १६औं अधिवेशनअघि सनत थापा प्यानलले सुरुवाती अग्रता लिएको छ।

मैनापोखरी शाखा सदस्यतर्फ राजकुमार दाहाल निर्विरोध निर्वाचित भएका छन् भने जिल्ला एशोसिएट सदस्य पदमा इन्जिनियर पुरुषोत्तम बुढाथोकी पनि निर्विरोध निर्वाचित भएका छन्।

बुढाथोकीका प्रतिस्पर्धी उम्मेदवारको उम्मेदवारीमाथि दाबी विरोध परेपछि उम्मेदवारी खारेज भएको थियो। त्यससँगै उनी निर्विरोध निर्वाचित भएका हुन्।

निर्विरोध निर्वाचित भएका दाहाल र बुढाथोकी दुवै जना सनत थापा प्यानलका उम्मेदवार हुन्। अधिवेशनअघि दुई उम्मेदवार निर्विरोध निर्वाचित भएपछि सनत थापा समूह उत्साहित बनेको छ।

दोलखा उद्योग वाणिज्य सङ्घको नयाँ नेतृत्वका लागि यसपटक सनत थापा र दिनेश पाठक समूहबीच प्रतिस्पर्धा हुँदैछ। बाँकी सबै पदका लागि भने भोलि (बिहीवार) निर्वाचन हुँदैछ।

1459 Shares

लेखकको बारेमा

हेर्दाहेर्दै डेस्क

हेर्दाहेर्दै डेस्क

सम्बन्धित खबरहरु

न्युज अपडेटस्

ट्रेन्डिङ्ग पोष्ट