Herda Herdai logo २७ साउन २०८३, बुधवार

भर्खरै

निर्माण क्षेत्र

निर्माण सामग्रीको मूल्यवृद्धिले काम प्रभावित, पूर्वाधार विकास कार्यालयलाई निर्माण व्यवसायी संघको ज्ञापनपत्र

निर्माण कार्यमा देखिएको समस्याबारे व्यवसायी संघको ध्यानाकर्षण ।

हेर्दाहेर्दै डेस्क हेर्दाहेर्दै डेस्क ७ जेठ २०८३, बिहिवार
निर्माण सामग्रीको मूल्यवृद्धिले काम प्रभावित, पूर्वाधार विकास कार्यालयलाई निर्माण व्यवसायी संघको ज्ञापनपत्र

News Summary


  • दोलखाका निर्माण व्यवसायीले निर्माण सामग्री, इन्धनको मूल्यवृद्धि तथा अन्य अभावका कारण काम प्रभावित भएको भन्दै पूर्वाधार विकास कार्यालयलाई ज्ञापनपत्र बुझाएका छन्।
  • उनीहरूले हालको विषम परिस्थितिमा तोकिएको समयमा काम सम्पन्न गर्न असमर्थ रहेको बताएका छन्।
  • संघले निर्माण व्यवसायीमाथि कारबाही नगर्न, मूल्य समायोजनका लागि पहल गर्न र सहज वातावरण निर्माण गरिदिन आग्रह गरेको छ।

चरिकोट, दोलखा । दोलखा जिल्ला निर्माण व्यवसायी संघले निर्माण सामग्री तथा इन्धनको मूल्यवृद्धिका कारण निर्माण कार्य प्रभावित भएको भन्दै पूर्वाधार विकास कार्यालय, दोलखालाई ज्ञापनपत्र बुझाएको छ।

संघका अध्यक्ष राजेश थापाले हस्ताक्षर गरेको ज्ञापनपत्रमा पछिल्लो समय इन्धनको मूल्य अप्रत्याशित रूपमा बढेसँगै निर्माण सामग्रीको मूल्यसमेत अत्यधिक वृद्धि भएको उल्लेख गरिएको छ। जसका कारण निर्माण व्यवसायीहरू तोकिएको समयमा निर्माण कार्य सम्पन्न गर्न असमर्थ बन्दै गएको जनाइएको छ।

ज्ञापनपत्रमा स्थानीय स्तरमा निर्माण सामग्रीको अभाव, जलवायु परिवर्तनका कारण भएको असमय वर्षा तथा संघीय निर्वाचनका कारण मजदुर अभाव हुँदा निर्माण कार्य प्रभावित भएको उल्लेख गरिएको छ।

यस्तो विषम परिस्थितिमा निर्माण व्यवसायीमाथि कारबाही प्रक्रिया अघि नबढाउन संघले सम्बन्धित निकायसँग आग्रह गरेको छ। साथै समय र परिस्थितिअनुसार मूल्य समायोजनका लागि पहल गरिदिन तथा निर्माण कार्य सहज रूपमा अगाडि बढ्ने वातावरण निर्माण गरिदिन अनुरोध गरिएको छ।

निर्माण व्यवसायीहरूले हालको परिस्थितिमा सरकारी निकायले समस्या बुझेर आवश्यक सहजीकरण गर्नुपर्ने बताएका छन्।

1231 Shares

लेखकको बारेमा

हेर्दाहेर्दै डेस्क

हेर्दाहेर्दै डेस्क

सम्बन्धित खबरहरु

न्युज अपडेटस्

ट्रेन्डिङ्ग पोष्ट