Herda Herdai logo २३ असोज २०८३, शुक्रवार

भर्खरै

सीप विकास

वैतेश्वर-८ मा अचार बनाउने तालिम सम्पन्न

गरिबी निवारण कार्यक्रमअन्तर्गत वैतेश्वर–८ मा ७ दिने अचार बनाउने तालिम

हेर्दाहेर्दै डेस्क हेर्दाहेर्दै डेस्क ९ जेठ २०८३, शनिवार
वैतेश्वर-८ मा अचार बनाउने तालिम सम्पन्न

News Summary


  • दोलखाको वैतेश्वर गाउँपालिका वडा नं. ८ मा गरिबी निवारणका लागि ७ दिने अचार बनाउने सीप विकास तालिम सम्पन्न भएको छ।
  • स्थानीय महिलासहितका सहभागीहरूलाई अचार बनाउने विधि, खाद्य सरसफाइ, प्याकेजिङ र बजारीकरण सम्बन्धी व्यावहारिक जानकारी प्रदान गरियो।
  • यो तालिमले सहभागीहरूलाई आत्मनिर्भर बन्न र घरेलु उद्यमका माध्यमबाट आयआर्जन गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरिएको छ।

दोलखा । वैतेश्वर गाउँपालिका वडा नं. ८ को आयोजनामा ७ दिने अचार बनाउने सीप विकास तालिम सम्पन्न भएको छ।

गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम २०८३ अन्तर्गत जेठ १ गतेदेखि ७ गतेसम्म सञ्चालन गरिएको तालिममा स्थानीय महिलासहित विभिन्न सहभागीहरुको सहभागिता रहेको थियो।

तालिममा अचार बनाउने विधि, खाद्य सरसफाइ, प्याकेजिङ, भण्डारण तथा बजारीकरण सम्बन्धी व्यावहारिक जानकारी प्रदान गरिएको वडा कार्यालयले जनाएको छ।

तालिम समापन कार्यक्रममा बोल्दै वडा अध्यक्ष शान्त जिरेलले सीपमूलक तालिमले स्थानीयलाई आत्मनिर्भर बन्न सहयोग पुग्ने विश्वास व्यक्त गरे। उनले तालिमबाट सिकेको सीपलाई व्यवहारमा उतारेर आयआर्जनसँग जोडिन सहभागीहरुलाई आग्रह गरे।

“स्थानीय स्तरमै उत्पादन र व्यवसाय विस्तार गर्न यस्ता तालिम प्रभावकारी हुने अपेक्षा गरेका छौँ,” उनले भने।

तालिमपछि सहभागीहरुले सिकेको सीपलाई घरेलु उद्यमका रूपमा अघि बढाउने विश्वास वडा कार्यालयले लिएको छ। समापन कार्यक्रममा सहभागीहरुलाई प्रमाणपत्र वितरण गरिएको थियो।

725 Shares

लेखकको बारेमा

हेर्दाहेर्दै डेस्क

हेर्दाहेर्दै डेस्क

सम्बन्धित खबरहरु

न्युज अपडेटस्

ट्रेन्डिङ्ग पोष्ट