Herda Herdai logo २७ साउन २०८३, बुधवार

भर्खरै

स्वास्थ्य

बैतेश्वरमा नवजात तथा बाल स्वास्थ्य सेवाबारे स्वास्थ्यकर्मीलाई तालिम

गैरीमुदी स्वास्थ्य चौकी र बैतेश्वर अस्पतालमा दुई दिने CBIMNCI Onsite Coaching सम्पन्न

हेर्दाहेर्दै डेस्क हेर्दाहेर्दै डेस्क १४ जेठ २०८३, बिहिवार
बैतेश्वरमा नवजात तथा बाल स्वास्थ्य सेवाबारे स्वास्थ्यकर्मीलाई तालिम

News Summary


  • दोलखाको बैतेश्वर गाउँपालिकास्थित गैरीमुदी स्वास्थ्य चौकी र अस्पतालमा CBIMNCI सम्बन्धी दुईदिने Onsite Coaching कार्यक्रम सम्पन्न भयो।
  • कार्यक्रममा स्वास्थ्यकर्मीहरूलाई नवजात शिशु तथा बालबालिकाको उपचार र व्यवस्थापनबारे व्यवहारिक तालिम दिइएको थियो।
  • सहभागी स्वास्थ्यकर्मीहरूले यस्तो तालिमले सेवा प्रवाहमा आत्मविश्वास बढाएको बताएका छन्।

दोलखा । दोलखाको बैतेश्वर गाउँपालिकास्थित गैरीमुदी स्वास्थ्य चौकी र बैतेश्वर अस्पतालमा CBIMNCI सम्बन्धी Onsite Coaching कार्यक्रम सम्पन्न भएको छ।

जेठ १२ र १३ गते सञ्चालन गरिएको कार्यक्रममा स्वास्थ्यकर्मीलाई नवजात शिशु तथा बालबालिकाको उपचार र व्यवस्थापनबारे व्यवहारिक तालिम दिइएको थियो।

कार्यक्रम बैतेश्वर गाउँपालिका स्वास्थ्य शाखाको आयोजना तथा जनस्वास्थ्य कार्यालय दोलखाको समन्वय र सहकार्यमा सञ्चालन गरिएको हो। साथै, पशुपति चौलागाईं स्मृति अस्पतालले प्राविधिक सहयोग गरेको थियो।

तालिममा केस व्यवस्थापन, परामर्श सेवा, अभिलेखीकरण लगायत विषयमा सहजीकरण गरिएको थियो। कार्यक्रममा जनस्वास्थ्य अधिकृत रमेश श्रेष्ठ, जनस्वास्थ्य निरीक्षक प्रकाश घिमिरे, नर्सिङ निरीक्षक जेनी श्रेष्ठ र स्वास्थ्य शाखाका उप–संयोजक अमित यादवले सहजीकरण गरेका थिए।

स्वास्थ्य संयोजक बमबहादुर तामाङको अध्यक्षतामा भएको कार्यक्रममा सहभागी स्वास्थ्यकर्मीहरूले यस्तो onsite coaching ले सेवा प्रवाहमा आत्मविश्वास बढेको बताएका छन्।

864 Shares

लेखकको बारेमा

हेर्दाहेर्दै डेस्क

हेर्दाहेर्दै डेस्क

सम्बन्धित खबरहरु

न्युज अपडेटस्

ट्रेन्डिङ्ग पोष्ट