Herda Herdai logo २७ साउन २०८३, बुधवार

भर्खरै

शिक्षा / प्रतियोगिता

विगुको अन्तरविद्यालय वक्तृत्वकला प्रतियोगितामा गौरीशङ्कर माविकी उपमा उत्कृष्ट

विगु गाउँपालिकास्तरीय अन्तरमाध्यमिक विद्यालय वक्तृत्वकला प्रतियोगितामा गौरीशङ्कर मावि लामाबगरकी उपमा रिजाल प्रथम भएकी छन्।

हेर्दाहेर्दै डेस्क हेर्दाहेर्दै डेस्क १४ जेठ २०८३, बिहिवार
विगुको अन्तरविद्यालय वक्तृत्वकला प्रतियोगितामा गौरीशङ्कर माविकी उपमा उत्कृष्ट

News Summary


  • दोलखाको विगु गाउँपालिकामा आयोजित अन्तर माध्यमिक विद्यालयस्तरीय वक्तृत्वकला प्रतियोगितामा गौरीशङ्कर माध्यमिक विद्यालयकी उपमा रिजाल प्रथम भइन्।
  • हिमालय माध्यमिक विद्यालयका नविनराज श्रेष्ठ द्वितीय र चित्रे माध्यमिक विद्यालयकी आयुष्मा खत्री तृतीय स्थानमा रहे।
  • गाउँपालिकाको शिक्षा तथा पोषण शाखाले आयोजना गरेको यस प्रतियोगिताका विजेताहरूलाई नगद, प्रमाणपत्र र मेडल प्रदान गरियो।

दोलखा । दोलखाको विगु गाउँपालिकामा आयोजित अन्तर माध्यमिक विद्यालयस्तरीय वक्तृत्वकला प्रतियोगितामा गौरीशङ्कर माध्यमिक विद्यालय की उपमा रिजाल प्रथम भएकी छन्।

गाउँपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखा तथा बहुक्षेत्रीय पोषण शाखाको आयोजनामा बुधबार सिङ्गटीस्थित चिनारी होटलको सभाहलमा प्रतियोगिता सम्पन्न भएको हो।

प्रतियोगितामा हिमालय माध्यमिक विद्यालयका नविनराज श्रेष्ठ द्वितीय, चित्रे माध्यमिक विद्यालय की आयुष्मा खत्री तृतीय तथा देवलिङ्गश्वर माध्यमिक विद्यालय की ओराङ सलिना ठकुरी सान्त्वना स्थान हासिल गर्न सफल भइन्।

कार्यक्रमको अध्यक्षता शिक्षा शाखा प्रमुख गणेशबहादुर श्रेष्ठले गरेका थिए भने प्रमुख अतिथिका रूपमा गाउँपालिका उपाध्यक्ष देविका थामी उपस्थित थिइन्। विशेष अतिथिका रूपमा प्रमुख प्रशासकीय अधिकृत नविन गिरी सहभागी थिए।

प्रतियोगिताका विजेतालाई क्रमशः १० हजार, ७ हजार ५ सय, ५ हजार र २ हजार ५ सय रुपैयाँ नगदसहित प्रमाणपत्र र मेडल प्रदान गरिएको थियो। साथै प्रथम, द्वितीय र तृतीय हुने विद्यालयलाई कपसमेत प्रदान गरिएको आयोजकले जनाएको छ।

कार्यक्रम सञ्चालन सोनी श्रेष्ठ र उपेन्द्र बुढाथोकीले गरेका थिए

1030 Shares

लेखकको बारेमा

हेर्दाहेर्दै डेस्क

हेर्दाहेर्दै डेस्क

सम्बन्धित खबरहरु

न्युज अपडेटस्

ट्रेन्डिङ्ग पोष्ट