श्यामकृष्ण कायस्थ बने रास्वपा भीमेश्वर नगर सभापति
संस्थापक नेताका रूपमा चिनिएका कायस्थलाई भीमेश्वर नगरपालिकाको मेयर उम्मेदवारका रूपमा समेत चर्चा
577
SharesNews Summary
- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भीमेश्वर नगर समितिको सभापतिमा श्यामकृष्ण कायस्थ चयन भएका छन्।
- कायस्थको नेतृत्वमा ११ सदस्यीय नयाँ समिति सर्वसम्मत रूपमा गठन भएको छ।
- कायस्थलाई भीमेश्वर नगरपालिकाको आगामी मेयर उम्मेदवारका रूपमा समेत चर्चा गर्न थालिएको छ।
दोलखा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भीमेश्वर नगर समितिको सभापतिमा श्यामकृष्ण कायस्थ चयन भएका छन्।
बुधबार सम्पन्न नगर अधिवेशनले कायस्थको नेतृत्वमा ११ सदस्यीय नयाँ समिति सर्वसम्मत रूपमा चयन गरेको हो।
समितिको उपसभापतिमा विष्णुकुमार श्रेष्ठ, सचिवमा सुमन थापा, सहसचिवमा सहदेव कार्की तथा कोषाध्यक्षमा अस्मिता शिवाकोटी चयन भएका छन्।
त्यस्तै सदस्यहरूमा जानकी सापकोटा, महेन्द्र नेपाली, कमल बहादुर श्रेष्ठ, विष्णुकुमार भुजेल, राम्जी शिवाकोटी, कृष्णओम थापा र रामबहादुर खड्की रहेका छन्।
कायस्थ रास्वपाका संस्थापक नेतामध्ये एक मानिन्छन्। पछिल्लो समय उनलाई भीमेश्वर नगरपालिकाको आगामी मेयर उम्मेदवारका रूपमा समेत चर्चा गर्न थालिएको छ। पार्टीभित्र उनले आन्तरिक तयारी गरिरहेको चर्चा पनि चलिरहेको छ।
अधिवेशनमा रास्वपाका जिल्ला सभापति दिनेश बस्नेतसहित जिल्लास्तरीय नेताहरूको उपस्थिति रहेको थियो।
577 Shares