Herda Herdai logo २३ असोज २०८३, शुक्रवार

भर्खरै

विगु-२ को मानवीय पहल

एकल महिला-पुरुषको साथमा विगु-२ वडा, ३४ जनालाई सिरक, केटली र टर्चलाइट वितरण

ओराङमा ३४ जना लाभग्राहीलाई फाइबर सिरक, इलेक्ट्रिक केटली र टर्चलाइट वितरण

हेर्दाहेर्दै डेस्क हेर्दाहेर्दै डेस्क १४ असार २०८३, आइतवार
एकल महिला-पुरुषको साथमा विगु-२ वडा, ३४ जनालाई सिरक, केटली र टर्चलाइट वितरण

News Summary


  • दोलखाको विगु गाउँपालिका-२ ओराङमा ३४ जना असहाय एकल महिला तथा पुरुषलाई फाइबर सिरक, इलेक्ट्रिक केटली र टर्चलाइट वितरण गरियो।
  • आर्थिक रूपमा कमजोर एकल नागरिकलाई सहयोग गर्ने उद्देश्यले गरिएको यो कार्यक्रमलाई वडाले निरन्तरता दिनेछ।

दोलखा । विगु गाउँपालिका-२ ओराङमा असहाय एकल महिला तथा पुरुषलाई फाइबर सिरक, इलेक्ट्रिक केटली र टर्चलाइट वितरण गरिएको छ।

शनिबार वडा कार्यालयको सभाहलमा आयोजित कार्यक्रममा ३४ जना लाभग्राहीलाई उक्त सामग्री वितरण गरिएको हो। एकल जीवनयापन गरिरहेका तथा आर्थिक रूपमा कमजोर नागरिकलाई सहयोग गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको वडा कार्यालयले जनाएको छ।

वडा अध्यक्षले नागरिकको आवश्यकता र मौसमलाई ध्यानमा राखेर सामग्री छनोट गरिएको बताउनुभयो। उहाँले वडाले आगामी दिनमा पनि असहाय, विपन्न तथा एकल नागरिकलाई लक्षित यस्ता सामाजिक कार्यक्रमलाई निरन्तरता दिने जानकारी दिनुभयो।

स्थानीयले वडाले आवश्यकतामा आधारित सहयोग कार्यक्रम सञ्चालन गरेको भन्दै खुसी व्यक्त गरेका छन्। यस्ता कार्यक्रमले एकल महिला तथा पुरुषको दैनिक जीवनमा केही राहत पुग्ने विश्वास गरिएको छ।

654 Shares

लेखकको बारेमा

हेर्दाहेर्दै डेस्क

हेर्दाहेर्दै डेस्क

सम्बन्धित खबरहरु

न्युज अपडेटस्

ट्रेन्डिङ्ग पोष्ट