लप्ची भ्रमणमा गएका दुई नेपाली पर्यटक भोलि कोदारी हुँदै फिर्ता हुने
आवश्यक प्रक्रिया पूरा, भोलि कोदारी हुँदै फर्किने
1492
SharesNews Summary
- चिनियाँ भूभागमा ड्रोन प्रवेश गराएकोले दुई नेपाली पर्यटकलाई चिनियाँ सुरक्षाकर्मीले नियन्त्रणमा लिएका थिए।
- आवश्यक प्रक्रिया पूरा भएपछि उनीहरू भोलि कोदारी नाका हुँदै नेपाल फिर्ता हुनेछन्।
- सीमावर्ती क्षेत्रमा भ्रमण गर्दा स्थानीय नियम तथा ड्रोन सञ्चालन मापदण्ड पालना गर्न पर्यटकहरूलाई आग्रह गरिएको छ।
दोलखा । काठमाडौंबाट लप्ची भ्रमणमा गएका दुई नेपाली पर्यटक भोलि कोदारी नाका हुँदै फिर्ता हुने भएका छन्।
स्थानीय स्रोतका अनुसार नेपाल-चीन सीमाक्षेत्रमा ड्रोन उडाउने क्रममा ड्रोन चिनियाँ भूभागभित्र प्रवेश गरेपछि चिनियाँ सुरक्षाकर्मीले दुवै जनालाई नियन्त्रणमा लिएका थिए। त्यसपछि उनीहरूलाई आवश्यक प्रक्रिया पूरा गर्न सम्बन्धित निकायको जिम्मा लगाइएको थियो।
विगु गाउँपालिका अध्यक्ष सन्जिव ओलीका अनुसार सम्बन्धित निकायसँगको समन्वय र आवश्यक प्रक्रिया पूरा भइसकेकाले दुवै पर्यटक भोलि कोदारी नाका हुँदै फिर्ता हुनेछन्।
घटनापछि सीमावर्ती क्षेत्रमा भ्रमण गर्ने पर्यटकलाई स्थानीय नियम तथा ड्रोन सञ्चालनसम्बन्धी मापदण्डको पालना गर्न आग्रह गरिएको छ।
1492 Shares