जिरी-७ को पहल : विद्यालयलाई शैक्षिक तथा खेलकुद सामग्री हस्तान्तरण
शिक्षा र खेलकुद गतिविधिलाई प्रोत्साहन गर्ने उद्देश्यले सामग्री वितरण
541
SharesNews Summary
- जिरी नगरपालिका वडा नं. ७ ले वडाभित्रका तीन विद्यालयलाई रु. १ लाख २५ हजार बराबरका शैक्षिक तथा खेलकुद सामग्री वितरण गरेको छ।
- शैक्षिक र खेलकुद गतिविधि प्रभावकारी बनाउने उद्देश्यले गरिएको यो सहयोगलाई वडाले भविष्यमा पनि निरन्तरता दिने जनाएको छ।
जिरी। जिरी नगरपालिका वडा नं. ७ ले वडाभित्रका तीन विद्यालयलाई शैक्षिक तथा खेलकुद सामग्री वितरण गरेको छ।
वडाको आयोजनामा भएको कार्यक्रममा देउराली आधारभूत विद्यालय, छहारे आधारभूत विद्यालय र माथिल्लो सिक्री आधारभूत विद्यालयलाई रु. १ लाख २५ हजार बराबरका स्टेशनरी तथा खेलकुद सामग्री हस्तान्तरण गरिएको हो।
शैक्षिक तथा खेलकुद गतिविधिलाई थप प्रभावकारी बनाउन सहयोग पुग्ने उद्देश्यले सामग्री वितरण गरिएको वडा कार्यालयले जनाएको छ।
कार्यक्रममा वडा अध्यक्ष को उपस्थिती रहेको थियो। अध्यक्ष नेपालीले स्वयं विद्यालयहरूलाई सामग्री हस्तान्तरण गर्नुभएको थियो।
वडा नं. ७ ले आगामी दिनमा पनि शिक्षा र खेलकुद क्षेत्रको विकासका लागि यस्ता कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ।
541 Shares