दोलखामा विद्यालयस्तरीय ट्र्यास रन, २०८ केजी प्लास्टिकजन्य फोहोर संकलन
३९ विद्यार्थीको सहभागिता, २०८ केजी प्लास्टिकजन्य फोहोर संकलन
524
SharesNews Summary
- दोलखामा बढ्दो प्लास्टिकजन्य फोहोरमैला न्यूनीकरण गर्ने उद्देश्यले विद्यालयस्तरीय ट्र्यास रन कार्यक्रम सम्पन्न भयो।
- ग्लोबल ह्यान्ड्स नेपाल र डिभिजन वन कार्यालयको सहयोगमा आयोजित यस कार्यक्रमबाट २०८ केजी प्लास्टिकजन्य फोहोर संकलन गरियो र विद्यार्थी तथा समुदायलाई सचेत गराइयो।
दोलखा। बढ्दो प्लास्टिकजन्य फोहोरमैला न्यूनीकरण गर्ने उद्देश्यले दोलखामा विद्यालयस्तरीय ट्र्यास रन कार्यक्रम सम्पन्न भएको छ।
डिभिजन वन कार्यालय दोलखाको सहयोग तथा ग्लोबल ह्यान्ड्स नेपालको आयोजनामा ‘एक जिल्ला, एक वडा प्लास्टिकमुक्त अभियान’ अन्तर्गत समुदायस्तरमा रहेको प्लास्टिकजन्य फोहोरमैलाको अवस्था उजागर गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो।
कार्यक्रममा भीमेश्वर नगरपालिका वडा नं. ३ र ६ का सामुदायिक तथा संस्थागत विद्यालयका ३९ जना विद्यार्थी सहभागी भएका थिए। ट्र्यास रनमार्फत २०८ केजी प्लास्टिकजन्य फोहोर संकलन गरिएको आयोजकले जनाएको छ।
प्रतियोगितामा द राइजिङ स्टार इङ्ग्लिस बोर्डिङ स्कुलका सुमित सुवेदी प्रथम भएका छन्। यस्तै, कालिन्चोक माध्यमिक विद्यालयकी एलिसा दमाई द्वितीय, इन्सान मगर तृतीय तथा पूजना अधिकारी सान्त्वना भएका छन्।
ग्लोबल ह्यान्ड्स नेपाल दोलखाका अध्यक्ष राजकुमार ढुंगेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा डिभिजन वन कार्यालय दोलखाका प्रमुख अनिल रेग्मी प्रमुख अतिथि रहेका थिए।
आयोजकका अनुसार प्लास्टिकजन्य फोहोर व्यवस्थापन तथा वातावरण संरक्षणप्रति विद्यार्थी र समुदायलाई सचेत गराउने उद्देश्यले अभियान सञ्चालन गरिएको हो।
524 Shares