Herda Herdai logo २७ साउन २०८३, बुधवार

भर्खरै

एआई तालिम | मदन भण्डारी फाउन्डेसन | युवा र प्रविधि

दोलखामा एआई तालिमः डिजिटल सीप र नवप्रवर्तनमा युवाको आकर्षण

कृत्रिम बौद्धिकताका अवसर र चुनौतीबारे छलफल, डिजिटल भविष्यका लागि युवालाई सीपयुक्त बनाउने लक्ष्य

हेर्दाहेर्दै डेस्क हेर्दाहेर्दै डेस्क २० असार २०८३, शनिवार
दोलखामा एआई तालिमः डिजिटल सीप र नवप्रवर्तनमा युवाको आकर्षण

News Summary


  • मदन भण्डारी फाउन्डेसन दोलखाको आयोजनामा एआई सम्बन्धी तालिम कार्यक्रम सम्पन्न भएको छ।
  • कार्यक्रममा एआईको आवश्यकता, अवसर र डिजिटल युगमा युवाको भूमिकाबारे विशेष छलफल गरिएको छ।
  • जिल्लाका विभिन्न क्षेत्रका युवाहरूले उत्साहजनक सहभागिता जनाउँदै डिजिटल सीप र नवप्रवर्तनप्रति चासो देखाएका छन्।

दोलखा । मदन भण्डारी फाउन्डेसन दोलखाको आयोजनामा कृत्रिम बौद्धिकता (एआई) सम्बन्धी एकदिने तालिम कार्यक्रम सम्पन्न भएको छ।

फाउन्डेसनका अध्यक्ष कृष्ण बस्नेतको अध्यक्षता तथा पूर्वमन्त्री आनन्द पोखरेलको प्रमुख आतिथ्यमा सम्पन्न उद्घाटन कार्यक्रममा एआईको वर्तमान आवश्यकता, यसले सिर्जना गरेका अवसर तथा डिजिटल युगमा युवाको भूमिकाबारे व्यापक छलफल गरिएको थियो।

वक्ताहरूले कृत्रिम बौद्धिकता भविष्यको प्रविधि मात्र नभई शिक्षा, स्वास्थ्य, कृषि, व्यवसाय तथा सार्वजनिक सेवासँग प्रत्यक्ष रूपमा जोडिएको विषय भएकाले युवाहरूलाई समयमै यसप्रति अभ्यस्त बनाउन आवश्यक रहेको धारणा व्यक्त गरे।

प्रविधिको तीव्र विकाससँगै युवाहरूलाई डिजिटल सीप, नवप्रवर्तन र भविष्यका सम्भावनासँग जोड्ने उद्देश्यले सञ्चालन गरिएको उक्त तालिममा जिल्लाका विभिन्न क्षेत्रका युवाहरूको उत्साहजनक सहभागिता रहेको आयोजकले जनाएको छ।

तालिमका क्रममा सहभागीहरूलाई एआईको आधारभूत अवधारणा, दैनिक जीवनमा यसको प्रयोग, सम्भावित अवसर तथा जिम्मेवार प्रयोगसम्बन्धी जानकारी प्रदान गरिएको थियो। सहभागीहरूले यस्ता कार्यक्रमले नयाँ प्रविधिप्रति बुझाइ विस्तार गर्न र रोजगारी तथा उद्यमशीलताका सम्भावना खोज्न सहयोग पुग्ने विश्वास व्यक्त गरेका छन्।

आयोजकका अनुसार आगामी दिनमा पनि युवालाई लक्षित गरी सूचना प्रविधि, डिजिटल साक्षरता र नवप्रवर्तनसँग सम्बन्धित विभिन्न कार्यक्रम सञ्चालन गरिनेछ।

1044 Shares

लेखकको बारेमा

हेर्दाहेर्दै डेस्क

हेर्दाहेर्दै डेस्क

सम्बन्धित खबरहरु

न्युज अपडेटस्

ट्रेन्डिङ्ग पोष्ट