Herda Herdai logo २३ असोज २०८३, शुक्रवार

भर्खरै

विगुका महिला खेलाडी सम्मानित

विगुका दुई महिला भलिबल खेलाडीलाई गाउँपालिकाद्वारा सम्मान

राष्ट्रपति रनिङ शिल्डमा बागमती प्रदेशबाट दोस्रो स्थान हासिल गरेका शर्मिला तामाङ र जिति तामाङलाई विगु गाउँपालिकाद्वारा जनही रु. ३५ हजारसहित सम्मान।

हेर्दाहेर्दै डेस्क हेर्दाहेर्दै डेस्क २५ असार २०८३, बिहिवार
विगुका दुई महिला भलिबल खेलाडीलाई गाउँपालिकाद्वारा सम्मान

News Summary


  • विगु गाउँपालिकाले राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा दोस्रो स्थान हासिल गरेका महिला भलिबल खेलाडीलाई नगदसहित सम्मान गरेको छ ।
  • खेलाडी शर्मिला तामाङ र जिति तामाङलाई रु. ३५ हजार नगद पुरस्कार, सम्मानपत्र तथा खादा ओढाएर सम्मान गरिएको हो ।

दोलखा। बागमती प्रदेशको प्रतिनिधित्व गर्दै केन्द्रीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको महिला भलिबलतर्फ दोस्रो स्थान हासिल गरेका विगु गाउँपालिकाका दुई महिला भलिबल खेलाडीलाई गाउँपालिकाले नगदसहित सम्मान गरेको छ।

विगु गाउँपालिकाले खेलाडी शर्मिला तामाङ र जिति तामाङलाई जनही रु. ३५ हजार नगद पुरस्कार, सम्मानपत्र तथा खादा ओढाएर सम्मान गरेको हो।

सोमबार गाउँपालिकामा आयोजित सम्मान कार्यक्रममा गाउँपालिका अध्यक्ष सञ्जीव ओली, उपाध्यक्ष देविका थामी, गाउँपालिका प्रवक्ता लोकबहादुर नेपाली, प्रमुख प्रशासकीय अधिकृत नवीन गिरी तथा शिक्षा शाखा प्रमुख गणेश श्रेष्ठले खेलाडीलाई सम्मान गरेका थिए।

सम्मान कार्यक्रममा गाउँपालिका अध्यक्ष ओलीले राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा हासिल भएको उपलब्धिले विगु गाउँपालिकाको गौरव बढाएको उल्लेख गर्दै आगामी दिनमा पनि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै गाउँपालिका र देशको नाम उज्ज्वल बनाउन शुभकामना व्यक्त गरे।

गाउँपालिकाले उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई प्रोत्साहन गर्न सम्मान तथा पुरस्कार वितरणलाई निरन्तरता दिँदै आएको जनाएको छ। स्थानीय तहको यस्तो प्रोत्साहनले खेल क्षेत्रको विकाससँगै नयाँ प्रतिभा उत्पादनमा समेत टेवा पुग्ने विश्वास व्यक्त गरिएको छ।

694 Shares

लेखकको बारेमा

हेर्दाहेर्दै डेस्क

हेर्दाहेर्दै डेस्क

सम्बन्धित खबरहरु

न्युज अपडेटस्

ट्रेन्डिङ्ग पोष्ट