Herda Herdai logo २७ साउन २०८३, बुधवार

भर्खरै

पदयात्री पुल निर्माण

च्छो रोल्पा पदमार्ग अब थप सुरक्षित

छेतछेत-च्छो रोल्पा पदमार्गमा पूर्वाधार विस्तार, पदयात्रा थप सहज

हेर्दाहेर्दै डेस्क हेर्दाहेर्दै डेस्क २५ असार २०८३, बिहिवार
च्छो रोल्पा पदमार्ग अब थप सुरक्षित

News Summary


  • गौरीशंकर गाउँपालिका-९ मा काठे तथा फलामे पदयात्री पुल निर्माण भएपछि पदयात्रीहरूको यात्रा सुरक्षित बनेको छ ।
  • पुल निर्माणले वर्षायाममा हुने आवागमनको जोखिम घटेको छ ।
  • पुल निर्माणले स्थानीय पर्यटन प्रवर्द्धनमा टेवा पुग्ने विश्वास व्यक्त गरिएको छ।

दोलखा। गौरीशंकर गाउँपालिका–९ अन्तर्गत पर्ने छेतछेत-च्छो रोल्पा पदमार्गमा काठे तथा फलामे पदयात्री पुल निर्माण भएपछि च्छो रोल्पा हिमताल र रोलवालिङ उपत्यका जाने पदयात्रीहरूको यात्रा थप सुरक्षित र सहज बनेको छ।

विशेषगरी वर्षायाममा बाढी आउने खोला तथा खोल्साहरूमा निर्माण गरिएका यी पुलहरूले पदयात्री तथा स्थानीयवासीको वर्षभरिको आवतजावतलाई सुरक्षित र सहज बनाएका छन्। पुल निर्माणसँगै वर्षायाममा हुने आवागमनको जोखिमसमेत उल्लेखनीय रूपमा घटेको छ।

गौरीशंकर गाउँपालिका-९ का वडा अध्यक्ष निमगेली शेर्पाले च्छो रोल्पा पदमार्गलाई सुरक्षित, व्यवस्थित र पर्यटकमैत्री बनाउने उद्देश्यले आवश्यक स्थानहरूमा काठे तथा फलामे पदयात्री पुल निर्माण गरिएको बताए। उनका अनुसार पदमार्गमा अझै आवश्यक पूर्वाधार निर्माण र स्तरोन्नतिको कामलाई निरन्तरता दिइनेछ।

उनले यी पूर्वाधारले च्छो रोल्पा हिमताल र रोलवालिङ उपत्यकामा पुग्ने आन्तरिक तथा विदेशी पदयात्रीहरूको यात्रा थप सुरक्षित, सहज र व्यवस्थित बनाउनुका साथै स्थानीय पर्यटन प्रवर्द्धनमा समेत टेवा पुग्ने विश्वास व्यक्त गरे।

516 Shares

लेखकको बारेमा

हेर्दाहेर्दै डेस्क

हेर्दाहेर्दै डेस्क

सम्बन्धित खबरहरु

न्युज अपडेटस्

ट्रेन्डिङ्ग पोष्ट