Herda Herdai logo २७ साउन २०८३, बुधवार

भर्खरै

विगुद्वारा कृषक सम्मान

खेतीयोग्य जमिन बाँझो नराख्ने २० अगुवा कृषकलाई विगु गाउँपालिकाको सम्मान

बाँझो जमिनलाई उत्पादनमा रूपान्तरण गर्ने कृषकलाई जनही रु. १० हजारसहित सम्मान

हेर्दाहेर्दै डेस्क हेर्दाहेर्दै डेस्क २६ असार २०८३, शुक्रवार
खेतीयोग्य जमिन बाँझो नराख्ने २० अगुवा कृषकलाई विगु गाउँपालिकाको सम्मान

News Summary


  • विगु गाउँपालिकाले २० जना अगुवा कृषकलाई नगद र सम्मानपत्र दिएको छ ।
  • कृषकलाई प्रोत्साहन गर्न गाउँपालिकाले सम्मान कार्यक्रम आयोजना गरेको हो ।
  • गाउँपालिकाले बाँझो जमिनलाई उत्पादनमा जोड्ने र व्यावसायिक कृषिलाई प्रोत्साहन गर्ने लक्ष्य राखेको छ ।

दोलखा। खेतीयोग्य जमिन बाँझो नराखी मौलिक तथा व्यावसायिक खेती गर्दै उदाहरणीय काम गरेका २० जना अगुवा कृषकलाई विगु गाउँपालिकाले सम्मान गरेको छ।

गाउँपालिकाले बिहीबार आयोजित कार्यक्रममा विभिन्न वडाबाट छनोट गरिएका २० जना कृषकलाई जनही १० हजार रुपैयाँ नगद र सम्मानपत्र प्रदान गर्दै सम्मान गरेको हो।

कार्यक्रममा गाउँपालिका अध्यक्ष सञ्जीव ओलीले कृषिलाई गाउँपालिकाको समृद्धिको आधारका रूपमा लिइएको बताउँदै मेहनतका साथ खेती गर्ने कृषकलाई प्रोत्साहन गर्न सम्मान कार्यक्रम आयोजना गरिएको जानकारी दिए। उनले बाँझो जमिनलाई उत्पादनमा जोड्ने र युवालाई पनि व्यावसायिक कृषितर्फ आकर्षित गर्ने गाउँपालिकाको लक्ष्य रहेको बताए।

गाउँपालिकाले आगामी दिनमा पनि उत्पादनमुखी कृषि, बाँझो जमिनको सदुपयोग र व्यावसायिक कृषिलाई प्रोत्साहन गर्ने कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ।

515 Shares

लेखकको बारेमा

हेर्दाहेर्दै डेस्क

हेर्दाहेर्दै डेस्क

सम्बन्धित खबरहरु

न्युज अपडेटस्

ट्रेन्डिङ्ग पोष्ट