Herda Herdai logo २३ असोज २०८३, शुक्रवार

भर्खरै

घरायसी विवादपछि युवतीले पेट्रोल छर्केर आत्मदाहको प्रयास

हेर्दाहेर्दै डेस्क हेर्दाहेर्दै डेस्क ५ साउन २०८३, मङ्गलवार
घरायसी विवादपछि युवतीले पेट्रोल छर्केर आत्मदाहको प्रयास

News Summary


  • काठमाडौँको बौद्ध क्षेत्रमा एक युवतीले घरायसी विवादपछि आत्मदाहको प्रयास गरेकी छन्。
  • आत्मदाहको प्रयासमा उनको शरीरको ५० प्रतिशत भाग जलेको छ。
  • उनलाई कीर्तिपुर बर्न अस्पतालमा विशेषज्ञ उपचारका लागि रिफर गरिएको छ。

काठमाडौँ । काठमाडौँको बौद्ध क्षेत्रमा एक युवतीले शरीरमा पेट्रोल छर्केर आत्मदाहको प्रयास गरेकी छन्।

प्रहरीका अनुसार काभ्रेको तेमाल गाउँपालिका स्थायी घर भई हाल बौद्धमा बस्दै आएकी २७ वर्षीया सालु गुरुङले सोमबार उक्त प्रयास गरेकी हुन्। घटनामा उनको अनुहार, छाती तथा दुवै हातसहित शरीरको करिब ५० प्रतिशत भाग जलेको बताइएको छ।

घटनापछि उनलाई तत्काल उद्धार गरी गोकर्णेश्वर–६ स्थित सुष्मा कोइराला मेमोरियल अस्पतालमा प्रारम्भिक उपचार गराइएको थियो। त्यसपछि थप विशेषज्ञ उपचारका लागि कीर्तिपुरस्थित कीर्तिपुर बर्न अस्पतालमा रिफर गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ।

प्रहरीका अनुसार गुरुङ विवाहित हुन् र बौद्ध क्षेत्रमा खाजा घर सञ्चालन गर्दै आएकी थिइन्। प्रारम्भिक अनुसन्धानमा घरायसी विवादपछि उनले आत्मदाहको प्रयास गरेको देखिएको प्रहरीले जनाएको छ। घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको छ।

488 Shares

लेखकको बारेमा

हेर्दाहेर्दै डेस्क

हेर्दाहेर्दै डेस्क

सम्बन्धित खबरहरु

न्युज अपडेटस्

ट्रेन्डिङ्ग पोष्ट