Herda Herdai logo २३ असोज २०८३, शुक्रवार

भर्खरै

भक्तपुरमा गेस्ट हाउसबाट खसेर दोलखाकी युवतीको रहस्यमय मृत्यु

हेर्दाहेर्दै डेस्क हेर्दाहेर्दै डेस्क ५ साउन २०८३, मङ्गलवार
भक्तपुरमा गेस्ट हाउसबाट खसेर दोलखाकी युवतीको रहस्यमय मृत्यु

काठमाडौं, ५ साउन । भक्तपुर नगरपालिका–१ स्थित लुम्बिनी गेस्ट हाउसको भवनबाट खसेर १८ वर्षीया एक युवतीको शङ्कास्पद मृत्यु भएको छ।

दोलखाको भीमेश्वर-९  खरीढुंगा घर भई हाल चाँगुनारायण नगरपालिका–९ मा बसोबास गर्दै आएकी सलिना श्रेष्ठ सोमबार साथीहरूको समूहसँग उक्त गेस्ट हाउस पुगेकी थिइन्। गेस्ट हाउसको माथिल्लो तलाबाट खसेर गम्भीर घाइते भएकी श्रेष्ठको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। उनको शव पोस्टमार्टमका लागि दुवाकोटस्थित केएमसी अस्पतालमा राखिएको छ।

घटनाको प्रकृति रहस्यमय देखिएपछि जिल्ला प्रहरी परिसर भक्तपुरले घटनाबारे गम्भीरतापूर्वक अनुसन्धान अघि बढाएको जनाएको छ। परिसरका डीएसपी दीपक कुमार कार्कीका अनुसार सलिनासँगै गेस्ट हाउसमा गएका दुई महिला र दुई पुरुष गरी चार जनालाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ।

प्रहरीका अनुसार सलिना आफैँ खसेकी हुन्, कसैले धकेलेको हो वा अन्य कुनै कारणले घटना भएको हो भन्ने विषयमा नियन्त्रणमा रहेका व्यक्तिहरूसँग गहन सोधपुछ तथा अनुसन्धान जारी छ।

512 Shares

लेखकको बारेमा

हेर्दाहेर्दै डेस्क

हेर्दाहेर्दै डेस्क

सम्बन्धित खबरहरु

न्युज अपडेटस्

ट्रेन्डिङ्ग पोष्ट