Herda Herdai logo २३ असोज २०८३, शुक्रवार

भर्खरै

कीर्तिपुरमा कारभित्र जलेर मृत्यु भएका व्यक्तिको पहिचान खुल्यो

हेर्दाहेर्दै डेस्क हेर्दाहेर्दै डेस्क ५ साउन २०८३, मङ्गलवार
कीर्तिपुरमा कारभित्र जलेर मृत्यु भएका व्यक्तिको पहिचान खुल्यो

News Summary


  • कीर्तिपुरको ट्याङ्लाफाँटमा कारभित्र जलेर एक व्यक्तिको मृत्यु भएको छ。
  • मृतकको पहिचान ७० वर्षीय सुरेशचन्द्र श्रेष्ठको रूपमा गरिएको छ。
  • आगलागीको वास्तविक कारण अझै नखुलेको र अनुसन्धान जारी रहेको छ。

काठमाडौँ । कीर्तिपुरमा कारभित्र जलेर मृत्यु भएका व्यक्तिको पहिचान खुलेको छ। प्रहरीका अनुसार मृतक कीर्तिपुर–ट्याङ्लाफाँट बस्दै आएका सुरेशचन्द्र श्रेष्ठ हुन्।

काठमाडौँ प्रहरी परिसरका एसएसपी दिलीप घिमिरेले कारभित्र जलेका पुरुष ७० वर्षीय श्रेष्ठ रहेको पुष्टि गरेका छन्। उनी मूलतः नरदेवी निवासी भए पनि पछिल्लो समय कीर्तिपुरको ट्याङ्लाफाँट क्षेत्रमा बसोबास गर्दै आएका थिए। परिवारका सदस्यहरूले शवको सनाखत गरिसकेका छन्।

मंगलबार कीर्तिपुरको ट्याङ्लाफाँटस्थित चाँदनी चोकमा उनले चलाउँदै आएको बा.५ च ३०३८ नम्बरको कारमा एक्कासि आगलागी भएको थियो। घटनापछि श्रेष्ठको शव पोस्टमार्टमका लागि त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल पठाइएको प्रहरीले जनाएको छ।

प्रहरीको प्रारम्भिक अनुसन्धानका क्रममा उक्त कार नबिल बैंकबाट ऋण लिएर २०६२ साल कार्तिक २७ गते किस्ताबन्दीमा खरिद गरिएको खुलेको छ। आगलागीको वास्तविक कारण भने अझै नखुलेको र त्यसबारे अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।

प्रत्यक्षदर्शीहरूका अनुसार सेतो रङको किया (Kia) कार चाँदनी चोकमा आएर रोकिएपछि सुरुमा गाडीभित्र सानो आगो देखिएको थियो। केहीबेरमै आगोले उग्र रूप लिएपछि प्रहरी र स्थानीयवासीले अग्नि नियन्त्रण यन्त्र प्रयोग गरी आगो निभाएका थिए।

घटनाबारे थप अनुसन्धान प्रहरी वृत्त कीर्तिपुरले गरिरहेको छ।

597 Shares

लेखकको बारेमा

हेर्दाहेर्दै डेस्क

हेर्दाहेर्दै डेस्क

सम्बन्धित खबरहरु

न्युज अपडेटस्

ट्रेन्डिङ्ग पोष्ट