Herda Herdai logo २३ असोज २०८३, शुक्रवार

भर्खरै

चस्मान तामाङ बेपत्ता, चार जना भीरको खुड्किलोमा फसेपछि उद्धार प्रयास तीव्र

सिप्रिङखोला हाइड्रोपावर क्षेत्रमा पहिरो : एक जना बेपत्ता, चार जनाको उद्धार प्रयास जारी

दोलखा | विपद्

हेर्दाहेर्दै डेस्क हेर्दाहेर्दै डेस्क ६ साउन २०८३, बुधवार
सिप्रिङखोला हाइड्रोपावर क्षेत्रमा पहिरो : एक जना बेपत्ता, चार जनाको उद्धार प्रयास जारी

News Summary


  • दोलखामा पहिरो र बाढीमा एक जना बेपत्ता भएका छन् ।
  • चार जना भीरमा फसेका छन् र सुरक्षित उद्धारका लागि प्रयास भइरहेको छ ।

दोलखा । दोलखाको गौरीशंकर गाउँपालिका-९ स्थित सिप्रिङखोला हाइड्रोपावरको मूलखर्क ड्यामसाइट क्षेत्रमा आएको पहिरो र बाढीमा एक जना बेपत्ता भएका छन् भने चार जना भीरमा फसेका छन्।

गौरीशंकर गाउँपालिका-९ का वडा अध्यक्ष निमगेली शेर्पाका अनुसार पहिरो र बाढीका कारण चस्मान तामाङ बेपत्ता भएका हुन्।

उहाँका अनुसार सुका देव श्रेष्ठ, सूर्यबहादुर तामाङ, कल्याण विक र माणिक बिनोद श्रेष्ठ भीरको खुड्किलोमा फसेका छन्। उनीहरू रहेको स्थान पनि जोखिमपूर्ण रहेकाले सुरक्षित उद्धारका लागि प्रयास भइरहेको छ।

घटनाबारे जानकारी प्राप्त हुनासाथ विपद् व्यवस्थापन समिति, नेपाल प्रहरी, सशस्त्र प्रहरी र अन्य सुरक्षा निकायलाई सूचना दिइएको वडा अध्यक्ष शेर्पाले बताएका छन्। उहाँ स्वयं पनि उद्धार कार्यमा खटिएको जानकारी दिएका छन्।

 घटनाबारे थप विवरण आउन बाँकी रहेको जनाइएको छ।

657 Shares

लेखकको बारेमा

हेर्दाहेर्दै डेस्क

हेर्दाहेर्दै डेस्क

सम्बन्धित खबरहरु

न्युज अपडेटस्

ट्रेन्डिङ्ग पोष्ट