Herda Herdai logo २३ असोज २०८३, शुक्रवार

भर्खरै

त्रिभुवन विश्वविद्यालय परिसरमा शिक्षामन्त्रीविरुद्ध प्रदर्शन, पाँच जना पक्राउ

हेर्दाहेर्दै डेस्क हेर्दाहेर्दै डेस्क ७ साउन २०८३, बिहिवार
त्रिभुवन विश्वविद्यालय परिसरमा शिक्षामन्त्रीविरुद्ध प्रदर्शन, पाँच जना पक्राउ

News Summary


  • त्रिभुवन विश्वविद्यालयको कार्यक्रममा शिक्षा मन्त्री सस्मित पोखरेलविरुद्ध नाराबाजी गर्दै पाँच जना प्रदर्शनकारीलाई प्रहरीले नियन्त्रणमा लिएको छ。
  • प्रदर्शनकारीहरूले ‘नेपो बेबी मुर्दावाद’ र ‘मेरिटोक्रेसी लागू गर’ लगायतका नारा लगाएका थिए।

काठमाडौँ । त्रिभुवन विश्वविद्यालयका सहकुलपतिसमेत रहेका शिक्षा मन्त्री सस्मित पोखरेलविरुद्ध नाराबाजी गर्दै प्रदर्शन गर्ने पाँच जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।

बिहीबार त्रिभुवन विश्वविद्यालयको ६७औँ वार्षिक दिवसका अवसरमा आयोजित कार्यक्रममा सहभागी हुन मन्त्री पोखरेल कीर्तिपुर पुगेका थिए। सोही क्रममा कार्यक्रमस्थल बाहिर मन्त्रीविरुद्ध नाराबाजी गर्दै प्रदर्शन गरेका पाँच जनालाई प्रहरीले नियन्त्रणमा लिएको हो।

जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवनकुमार भट्टराईका अनुसार प्रदर्शनमा संलग्न पाँच जनालाई नियन्त्रणमा लिइएको छ।

प्रदर्शनकारीहरूले ‘नेपो बेबी मुर्दावाद’ र ‘मेरिटोक्रेसी लागू गर’ लगायतका नाराहरू लगाएका थिए।

387 Shares

लेखकको बारेमा

हेर्दाहेर्दै डेस्क

हेर्दाहेर्दै डेस्क

सम्बन्धित खबरहरु

न्युज अपडेटस्

ट्रेन्डिङ्ग पोष्ट