तपाईको जग्गा बाँझै छ? अब स्थानीय तहको ‘भूमि बैंक’ मार्फत उपयोगमा ल्याउन सकिने
237
SharesNews Summary
- सरकारले निजी जग्गालाई उत्पादनमूलक उपयोगमा ल्याउन भूमि बैंक स्थापना गरेको छ。
- भूमि बैंकमा आबद्ध गर्नको लागि प्रयोगमा नरहेका वा बाँझो निजी जग्गा छनौट गरिनेछ。
- स्थानीय तहमार्फत भूमि बैंकको सुविधा लिन जग्गाधनी तथा सरोकारवालाहरूलाई अनुरोध गरिएको छ。
काठमाडौं । उपयोगविहीन तथा बाँझो अवस्थामा रहेका निजी जग्गालाई उत्पादनमूलक उपयोगमा ल्याउने उद्देश्यका साथ सरकारले देशभरका स्थानीय तहमा भूमि बैंक स्थापना तथा सञ्चालनको प्रक्रिया अघि बढाएको छ।
भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले २०८३ श्रावण ६ गते जारी गरेको सार्वजनिक सूचनाअनुसार भूउपयोग ऐन, २०७६ तथा भूउपयोग नियमावली, २०७९ (तेस्रो संशोधन, २०८२) मा गरिएको कानुनी व्यवस्थाअनुसार प्रयोगमा नरहेका वा बाँझो निजी जग्गालाई स्थानीय तहमार्फत भूमि बैंकमा आबद्ध गरी उपयोगमा ल्याउन लागिएको हो।
मन्त्रालयका अनुसार उक्त व्यवस्थालाई कार्यान्वयन गर्न ‘भूमि बैंक (स्थापना तथा सञ्चालन) कार्यविधि, २०८३’ स्वीकृत गरी देशभरका सबै स्थानीय तहमा परिपत्र गरिसकिएको छ।
कार्यविधि कार्यान्वयन भएसँगै स्थानीय तहमार्फत भूमि बैंकको सुविधा लिन मन्त्रालयले जग्गाधनी तथा सम्बन्धित सबै सरोकारवालाहरूलाई अनुरोध गरेको छ।

