प्रधानमन्त्री वालेन्द्र शाह र प्रमुख निर्यातजन्य उद्योगीबीच आज छलफल हुँदै
469
SharesNews Summary
- प्रधानमन्त्री वालेन्द्र शाहले निर्यात प्रवर्द्धनका लागि व्यवसायीहरूसँग छलफल गर्दैछन्。
- निर्यातका चुनौती र नीतिगत जटिलताका समाधानका लागि सुझाव लिनेछन्。
काठमाडौँ | हेर्दाहेर्दै देशको अर्थतन्त्र सुदृढ बनाउन र नेपालको निर्यात प्रवर्द्धनका सम्भावित उपायहरूसँगै नीतिगत सुधारबारे परामर्श लिन प्रधानमन्त्री वालेन्द्र शाहले आज प्रमुख निर्यातजन्य उद्योगी-व्यवसायीहरूसँग विशेष छलफल गर्दै छन्।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय (सिंहदरबार) मा आज बिहान ११:३० बजे यो बैठक तय भएको छ।
नेपालको निर्यात क्षेत्रमा नेतृत्व गरिरहेका प्रमुख व्यवसायीहरूको छलफलमा सहभागिता रहनेछ:
-
होमप्रसाद घिमिरे – अध्यक्ष, नेपाल प्लाइउड उत्पादक संघ
-
बलराम गुरुङ – अध्यक्ष, नेपाल गलैंचा उत्पादक तथा निर्यातकर्ता संघ
-
धनप्रसाद लामिछाने – अध्यक्ष, नेपाल पश्मिना उद्योग संघ
-
देवानन्द सरावगी – कार्पेट तथा प्लाइउड निर्यातकर्ता
-
रेशमबहादुर पोखरेल – अध्यक्ष, नेपाल डग च्यु उत्पादक संघ
छलफलको केन्द्रविन्दु: नेपालबाट हुने निर्यातका विद्यमान चुनौती, भन्सार तथा नीतिगत जटिलता र तिनको दीर्घकालीन समाधानका उपायबारे प्रधानमन्त्री शाहले व्यवसायीहरूसँग प्रत्यक्ष सुझाव लिनेछन्।
पछिल्लो समय देशको समग्र अर्थतन्त्रलाई चलायमान बनाउन प्रधानमन्त्री वालेन्द्र शाहले निजी क्षेत्रका उद्योगी, व्यवसायी तथा सरोकारवाला निकायहरूसँग निरन्तर संवादको रणनीति अपनाउँदै आएका छन्।
469 Shares