Herda Herdai logo २३ असोज २०८३, शुक्रवार

भर्खरै

दोलखा | ताजा अपडेट

हार्चे खोलाले बगाउँदा विगु-२ की पती तामाङ बेपत्ता

विगु–२ पल्लो देउलाङकी महिला बेपत्ता

हेर्दाहेर्दै डेस्क हेर्दाहेर्दै डेस्क १४ साउन २०८३, बिहिवार
हार्चे खोलाले बगाउँदा विगु-२ की पती तामाङ बेपत्ता

News Summary


  • दोलखाको विगु गाउँपालिका-२ मा हार्चे खोलाले पती तामाङलाई बगाएर बेपत्ता बनाएको छ ।
  • वडा कार्यालयबाट घरतर्फ फर्कने क्रममा पती तामाङ एक्लै रहेको बताइएको छ ।
  • खोलाले बगाएर बेपत्ता भएकी पती तामाङको खोजी भइरहेको छ ।

दोलखा । दोलखाको विगु गाउँपालिका-२, पल्लो देउलाङकी पती तामाङलाई हार्चे खोलाले बगाएर बेपत्ता बनाएको छ।

बिहीबार वडा कार्यालयको काम सकेर करिब साढे ३ बजे घरतर्फ फर्किएकी पती तामाङलाई करिब ४ बजे हार्चे खोलाले बगाएको वडा अध्यक्ष दीपक ठकुरीले जानकारी दिए।

वडा कार्यालयबाट घरतर्फ फर्कने क्रममा उनी एक्लै रहेको बताइएको छ। खोलाले बगाएको घटना विगु–२ कै काले तामाङले देखेको जनाइएको छ।

खोलाले बगाएर बेपत्ता भएकी पती तामाङको खोजी भइरहेको छ। उनको अवस्था हालसम्म अज्ञात रहेको छ।

घटनाको थप विवरण आउन बाँकी छ।

474 Shares

लेखकको बारेमा

हेर्दाहेर्दै डेस्क

हेर्दाहेर्दै डेस्क

सम्बन्धित खबरहरु

न्युज अपडेटस्

ट्रेन्डिङ्ग पोष्ट