बाँदर धपाउन खोज्दा स्थानीयमाथि आक्रमण, वैतेश्वरमा एक जना घाइते
मकैबाली खान आएका सयौं बाँदर धपाउने क्रममा प्रशुराम घिमिरेमाथि आक्रमण
643
Sharesदोलखाको वैतेश्वर गाउँपालिका-६ मा बाँदरको आक्रमणबाट एक स्थानीय घाइते भएका छन्।
मकैबाली खान आएको करिब सयौंको संख्यामा रहेको बाँदरको हुल धपाउने क्रममा स्थानीय प्रशुराम घिमिरेमाथि बाँदरले आक्रमण गरेको हो।
बाँदरको टोकाइ र कुटाइबाट घाइते भएका घिमिरेको मैनापोखरीस्थित दाहाल मेडिकलमा उपचार भइरहेको छ।
स्थानीयका अनुसार पछिल्लो समय गाउँमा बाँदरको आतंक बढ्दै गएको छ। मकैबाली जोगाउन किसानलाई बाँदर धपाउनैपर्ने बाध्यता रहेकाले जोखिमसमेत बढेको छ।
643 Shares