Herda Herdai logo २३ असोज २०८३, शुक्रवार

भर्खरै

उद्धार गरिएका चिनियाँ नागरिकलाई पनि छाउनी ल्याइयो, स्वास्थ्य अवस्था सामान्य

हेर्दाहेर्दै डेस्क हेर्दाहेर्दै डेस्क २० भदौ २०८३, शनिवार
उद्धार गरिएका चिनियाँ नागरिकलाई पनि छाउनी ल्याइयो, स्वास्थ्य अवस्था सामान्य

News Summary


  • त्रिशूली नदीमा आएको बाढीका कारण प्रभावित माथिल्लो त्रिशूली‑१ जलविद्युत् आयोजनाको सुरुङभित्रबाट चिनियाँ नागरिकको जीवितै उद्धार गरिएको छ।
  • उद्धार गरिएका चिनियाँ नागरिकलाई काठमाडौँको छाउनीस्थित नेपाली सेनाको अस्पतालमा ल्याइएको छ, जहाँ उनको स्वास्थ्य अवस्था सामान्य रहेको छ।

काठमाडौँ । रसुवामा बाढीका कारण प्रभावित अपर त्रिशूली–१ जलविद्युत् आयोजनाको सुरुङबाट जीवितै उद्धार गरिएका चिनियाँ नागरिकलाई उपचार तथा स्वास्थ्य परीक्षणका लागि काठमाडौँ ल्याइएको छ ।

सुरुङभित्रबाट उद्धार गरिएका उनलाई नेपाली सेनाको हेलिकप्टरमार्फत नुवाकोटको त्रिशूलीस्थित ब्यारेकबाट काठमाडौँको छाउनीस्थित नेपाली सेनाको अस्पतालमा ल्याइएको हो ।

नेपाल प्रहरीका प्रवक्ता अविनारायण काफ्लेले उद्धार गरिएका चिनियाँ नागरिकको स्वास्थ्य अवस्था सामान्य रहेको जानकारी दिएका छन् ।

२१६ मेगावाट क्षमताको अपर त्रिशूली–१ जलविद्युत् आयोजनाको अडिट–४ टनेलमा फसेका ती चिनियाँ नागरिकलाई बाढी आएको ११औँ दिनमा जीवितै उद्धार गरिएको थियो । उद्धारपछि उनलाई नुवाकोटस्थित नेपाली सेनाको ब्यारेकमा लगिएको थियो ।

नेपाली सेना र दक्षिण कोरियाको डिजास्टर विज्ञ टोलीको संयुक्त प्रयासमा शनिबार ती नागरिकलाई सुरुङभित्रबाट उद्धार गर्न सफलता मिलेको हो ।

भदौ १० गते आएको विनाशकारी बाढीका कारण अपर त्रिशूली–१ जलविद्युत् आयोजनाको निर्माण क्षेत्र तथा सुरुङमा ठूलो क्षति पुगेको थियो । बाढीपछि सुरुङभित्र फसेका चिनियाँ नागरिकको खोजी तथा उद्धारका लागि नेपाली सेना र दक्षिण कोरियाली विज्ञ टोली परिचालन गरिएको थियो ।

107 Shares

लेखकको बारेमा

हेर्दाहेर्दै डेस्क

हेर्दाहेर्दै डेस्क

सम्बन्धित खबरहरु

न्युज अपडेटस्

ट्रेन्डिङ्ग पोष्ट