एसिसी प्रिमियर कप : नेपाल हङकङसँग १५ रनले पराजित
128
Sharesकाठमाडौँ। मलेसियामा जारी रहेको एसिसी प्रिमियर कप क्रिकेट प्रतियोगिता अन्तर्गत समूह चरणको आफ्नो अन्तिम खेलमा नेपाल हङकङसँग १५ रनले पराजित भएको छ।
हङकङले दिएको २६२ रनको लक्ष्य पछ्याउँदै नेपाल ४९ दशमलव १ ओभरमा सबै विकेट गुमाउँदै २४६ रनमा समेटियो ।
टस जितेर पहिला ब्याटिङ गरेको हङकङले निर्धारित ५० ओभरमा ७ विकेट गुमाएर २६१ रनको योगफल बनाएको थियो । उसका लागि बाबर हायातले १२७ बलमा ७ चौका र ७ छक्काको सहयोगमा ११७ रनको योगदान दिएका हुन । त्यस्तै एहसान ३५ रनमा अविजित रहँदा शाहिद वासिफले ४५ रन बनाए ।
नेपालका लागि कप्तान सन्दीप लामिछानेले ४ विकेट लिए भने शेर मल्लले ३ विकेट लिए । जितसँगै हङकङ प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ ।
128 Shares