आगो नियन्त्रणदेखि अपराध अनुसन्धानसम्म: सिंगटीमा ‘प्रहरीसँग एक दिन’
320
SharesNews Summary
- दोलखाको सिंगटीस्थित ईलाका प्रहरी कार्यालयले बस्नेत एकेडेमिक इङ्लिस बोर्डिङ स्कुलका कक्षा ६, ७ र ८ का विद्यार्थीहरूसँग "प्रहरीसँग एक दिन" कार्यक्रम सम्पन्न गर्यो।
- कार्यक्रममा विद्यार्थीहरूलाई प्रहरी कार्यालयको अवलोकन गराई ट्राफिक नियम, आगलागी नियन्त्रण, विपद् व्यवस्थापन र अपराध अनुसन्धान लगायतका विषयमा जानकारी तथा डेमो प्रदर्शन गरियो।
- यसले विद्यार्थीहरूमा प्रहरीप्रति सकारात्मक धारणा विकास हुनुका साथै सुरक्षा र कानुनी सचेतना अभिवृद्धि हुने अपेक्षा गरिएको छ।
दोलखा, ४ पुष - ईलाका प्रहरी कार्यालय सिंगटी, दोलखाको आयोजनामा “प्रहरीसँग एक दिन” विद्यालय सम्पर्क कार्यक्रम सम्पन्न गरिएको छ।कार्यक्रम जिल्ला दोलखा कालिन्चोक गाउँपालिका - ३ सिंगटीमा अवस्थित बस्नेत एकेडेमिक इङ्लिस बोर्डिङ स्कुलमा कक्षा ६, ७ र ८ मा अध्ययनरत विद्यार्थीहरू तथा शिक्षक प्रतिनिधिहरूको सहभागितामा सञ्चालन गरिएको हो।
कार्यक्रम अन्तर्गत सहभागी विद्यार्थी तथा शिक्षकहरूलाई इलाका प्रहरी कार्यालयको अवलोकन भ्रमण गराइ प्रहरी सेवा प्रवाहसम्बन्धी स्थलगत जानकारी प्रदान गरिएको थियो। साथै, सन्देशमूलक श्रव्य–दृश्य सामग्री प्रदर्शन गरिएको थियो।सो अवसरमा आगो लाग्दा नियन्त्रण गर्ने उपाय तथा Fire Extinguisher Cylinder प्रयोग सम्बन्धी डेमो, ट्राफिक नियम तथा सचेतना, अपराध अनुसन्धान तथा नियन्त्रण, सलामी र मार्चपास, विपद् नियन्त्रण तथा व्यवस्थापन सम्बन्धी जानकारी दिइएको थियो। त्यस्तै CCTV क्यामेरा जडानको महत्व र यसको उपयोगिता बारे समेत जानकारी गराइएको थियो।
कार्यक्रमले विद्यार्थीहरूमा प्रहरीप्रति सकारात्मक धारणा विकास हुनुका साथै सुरक्षा, अनुशासन र कानुनी सचेतना अभिवृद्धि हुने अपेक्षा गरिएको प्रहरीले जनाएको छ।
320 Shares