उद्योग मन्त्री गौरीकुमारी यादवले दिइन् राजीनामा
393
Sharesकाठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवले पदबाट राजीनामा दिएकी छन्।
बुधबार प्रतिनिधि सभा अन्तर्गतको उद्योग समितिको बैठकमा ग्यास उद्योगीहरूलाई लक्षित गर्दै उनले दिएको ‘पाता फर्काउनुपर्ने’ अभिव्यक्ति विवादमा परेको थियो।
उक्त अभिव्यक्तिप्रति ग्यास उद्योगीहरूले आपत्ति जनाउँदै सरकारको ध्यानाकर्षण गराएका थिए। उद्योगीहरूले प्रधानमन्त्रीसमक्ष समेत मन्त्रीको अभिव्यक्तिबारे गुनासो राखेका थिए।
ग्यास आपूर्तिमा देखिएको समस्या समाधानका विषयमा संसदीय समितिको बैठकमा भएको छलफलका क्रममा मन्त्री यादवको उक्त अभिव्यक्ति सार्वजनिक भएको थियो।
393 Shares
