Herda Herdai logo २३ असोज २०८३, शुक्रवार

भर्खरै

रक्तदान

रसुवाका घाइतेका लागि ३३ जनाले गरे रक्तदान

रसुवा बाढीपहिरोका घाइतेका लागि रक्तदान

हेर्दाहेर्दै डेस्क हेर्दाहेर्दै डेस्क २७ भदौ २०८३, शनिवार
रसुवाका घाइतेका लागि ३३ जनाले गरे रक्तदान

News Summary


  • दोलखामा रसुवा बाढीपहिरोका घाइतेको उपचारका लागि ३३ जनाले रक्तदान गरेका छन्।
  • मेलुङ गाउँपालिका-५ मा बाढीघाइतेको उपचारका लागि आयोजित रक्तदान कार्यक्रममा ४ महिला र २९ पुरुष सहभागी भए।
  • घाइतेहरूको उपचारमा आवश्यक रक्त उपलब्ध गराउन रक्तदान कार्यक्रम आयोजना गरिएको हो।

दोलखा । मेलुङ गाउँपालिका-५ डाडाखर्कमा रसुवा बाढीपहिरोका घाइतेका लागि रक्तदान कार्यक्रम गरिएको छ।

शुक्रबार वडा कार्यालयमा आयोजित कार्यक्रममा ३३ जनाले रक्तदान गरेका छन्। रक्तदान गर्नेमा ४ महिला र २९ पुरुष रहेका छन्।

कार्यक्रममा मेलुङ गाउँपालिका अध्यक्ष हिरा थोकर प्रमुख अतिथि रहनुभएको थियो। कार्यक्रमको अध्यक्षता वडा अध्यक्ष ललित थापा मगरले गर्नुभएको थियो।

घाइतेहरूको उपचारमा आवश्यक पर्ने रगत सहयोग गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो।

386 Shares

लेखकको बारेमा

हेर्दाहेर्दै डेस्क

हेर्दाहेर्दै डेस्क

सम्बन्धित खबरहरु

न्युज अपडेटस्

ट्रेन्डिङ्ग पोष्ट