जेलभित्रबाटै रसुवा बाढीपीडितलाई मनराजको ५ लाख ५१ हजार सहयोग
सुन्धारा कारागारमा रहेका मनराज गुरुङको पहलमा बाढीपीडितलाई सहयोग
333
SharesNews Summary
- काठमाडौंको सुन्धारा कारागारमा रहेका मनराज गुरुङले रसुवा बाढीपीडितका लागि ५ लाख ५१ हजार रुपैयाँ सहयोग गरेका छन्।
- कारागारभित्र रहेका कैदीबन्दीबाट रकम संकलन गरी उक्त सहयोग गरिएको हो।
काठमाडौं । गौरीशंकर गाउँपालिका-८ खारेका मनराज गुरुङले सुन्धारा कारागारमा रहेर रसुवा बाढीपीडितका लागि ५ लाख ५१ हजार रुपैयाँ सहयोग गरेका छन्।
हाल सुन्धारा कारागारमा रहेका गुरुङको अध्यक्षतामा कारागारभित्र रहेका कैदीबन्दीबाट रकम संकलन गरी उक्त सहयोग गरिएको हो।
रसुवामा आएको बाढीबाट प्रभावित परिवारलाई राहत पुगोस् भन्ने उद्देश्यले रकम संकलन गरिएको गुरुङले बताएका छन्।
कारागारभित्र रहेर पनि बाढीपीडितको सहयोगमा जुटेको गुरुङको पहललाई सामाजिक सेवाको उदाहरणका रूपमा लिइएको छ।
333 Shares