दुम्सिदिङमा बोलेरोमाथि ढुङ्गा खस्यो
दुम्सिदिङमा माथिबाट खसेको ढुङ्गा बोलेरोमा लाग्दा एक वृद्ध घाइते
415
SharesNews Summary
- दुम्सिदिङमा बोलेरोमाथि ढुङ्गा खस्दा एक जना वृद्ध घाइते भएका छन्।
- माथिबाट अचानक खसेको ढुङ्गा मार्बुबाट सिङ्गटीतर्फ जाँदै गरेको बोलेरोमा लागेको हो।
दोलखा । गौरीशंकर गाउँपालिका-मार्बु-चन्खु-भोर्ले सडकखण्डअन्तर्गत दुम्सिदिङमा बोलेरोमाथि ढुङ्गा खस्दा एक जना वृद्ध घाइते भएका छन्।
युनिभर्सल हाइड्रो नजिकै सडक माथिबाट अचानक खसेको ढुङ्गा मार्बुबाट सिङ्गटीतर्फ जाँदै गरेको बोलेरोमा लागेको हो।
ढुङ्गा लागेर बोलेरोमा सवार वृद्ध घाइते भएका छन् भने बोलेरो चालक पनि सामान्य घाइते भएको बताइएको छ।
घाइतेको थप अवस्था तथा घटनाको विस्तृत विवरण आउन बाँकी छ।
415 Shares