गौरीशंकर गाउँपालिकामा मादक पदार्थ सेवन गरी स्वास्थ्य केन्द्रमा तोडफोड
स्वास्थ्यकर्मीमाथि आक्रमणको प्रयास
415
SharesNews Summary
- दोलखाको सुरी प्राथमिक स्वास्थ्य केन्द्रमा आइतबार राति मादक पदार्थ सेवन गरेका व्यक्तिहरूले तोडफोड गरी स्वास्थ्यकर्मीमाथि आक्रमणको प्रयास गरेका छन्।
- घटनामा संलग्नहरूको सीसीटीभीबाट पहिचान भइसकेको र दोषीमाथि कानुनी प्रक्रिया अगाडि बढाउने तयारी भइरहेको गाउँपालिकाले जनाएको छ।
दोलखा। गौरीशंकर गाउँपालिका–५ सुरीस्थित सुरी प्राथमिक स्वास्थ्य केन्द्र (PHC) मा आइतबार राति मादक पदार्थ सेवन गरेका केही व्यक्तिहरूले तोडफोड गरेका छन्। गएराति करिब ९ः३० बजे भएको घटनामा स्वास्थ्य केन्द्रभित्रका विभिन्न सामग्रीमा क्षति पुगेको छ। साथै, रात्रिकालीन सेवामा खटिएका स्वास्थ्यकर्मीमाथि आक्रमण गर्ने प्रयास समेत गरिएको गाउँपालिकाले जनाएको छ।
गाउँपालिकाका अनुसार घटनामा संलग्न व्यक्तिहरूको पहिचान स्वास्थ्य केन्द्रमा जडान गरिएको सीसीटीभी क्यामेराको सहयोगमा भइसकेको छ। दोषीमाथि कानुनी प्रक्रिया अघि बढाइने तयारी भइरहेको गाउँपालिकाले जानकारी दिएको छ।
स्वास्थ्य जस्तो संवेदनशील संस्थामा भएको यस्तो गैरजिम्मेवार र आपराधिक गतिविधिले सेवाग्राही तथा स्वास्थ्यकर्मी दुवैको सुरक्षामा गम्भीर प्रश्न उठाएको छ। स्थानीयवासीले दोषीमाथि कडा कारबाहीको माग गरेका छन्।
415 Shares