Herda Herdai logo २३ असोज २०८३, शुक्रवार

भर्खरै

राहत संकलन

बाढीपीडितका लागि तमु विद्यार्थी संगठनले जुटायो २१ हजार २ सय

बाढीपीडितका लागि २१ हजार २०५ रुपैयाँ राहत संकलन

हेर्दाहेर्दै डेस्क हेर्दाहेर्दै डेस्क १९ असोज २०८३, सोमवार
बाढीपीडितका लागि तमु विद्यार्थी संगठनले जुटायो २१ हजार २ सय

बाढीपीडितका लागि संकलित राहत रकम हस्तान्तरण गर्दै नेपाल तमु (गुरुङ) विद्यार्थी छोज धि केन्द्रीय कार्यसमिति।

News Summary


नेपाल तमु (गुरुङ) विद्यार्थी छोज धि केन्द्रीय कार्यसमितिले बाढीपीडितका लागि २१ हजार २०५ रुपैयाँ राहत रकम संकलन गरेको छ।

रसुवा, नुवाकोट, धादिङ, गोरखा, चितवनलगायत क्षेत्रमा आएको बाढीबाट भएको जनधनको क्षतिपछि राहत रकम संकलन गरिएको हो।

संकलित रकम तमु ह्युल छोज धि गुरुङ राष्ट्रिय परिषद्का अध्यक्ष धनमान गुरुङ र कोषाध्यक्ष इन्जिनियर गंगा बी. गुरुङलाई हस्तान्तरण गरिएको छ।

उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिने जनाइएको छ।

काठमाडौं । नेपाल तमु (गुरुङ) विद्यार्थी छोज धि केन्द्रीय कार्यसमितिले बाढीपीडितका लागि २१ हजार २०५ रुपैयाँ राहत रकम संकलन गरेको छ।

गत भदौ १० गते रसुवा, नुवाकोट, धादिङ, गोरखा, चितवनलगायत नदी तटीय तथा आसपासका क्षेत्रमा आएको बाढीबाट ठूलो जनधनको क्षति भएपछि विद्यार्थी संगठनले राहत रकम संकलन गरेको हो।

तमु ह्युल छोज धि गुरुङ राष्ट्रिय परिषद्को परिपत्रअनुसार संकलन गरिएको रकम केन्द्रीय कार्यसमितिका वरिष्ठ उपाध्यक्ष विष्णुराज गुरुङको संयोजकत्वमा परिषद्का अध्यक्ष धनमान गुरुङ र कोषाध्यक्ष इन्जिनियर गंगा बी. गुरुङलाई हस्तान्तरण गरिएको छ।

संकलित रकम तमु ह्युल छोज धि गुरुङ राष्ट्रिय परिषद्मार्फत प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिने जनाइएको छ।

427 Shares

लेखकको बारेमा

हेर्दाहेर्दै डेस्क

हेर्दाहेर्दै डेस्क

सम्बन्धित खबरहरु

न्युज अपडेटस्

ट्रेन्डिङ्ग पोष्ट