Herda Herdai logo २७ साउन २०८३, बुधवार

भर्खरै

दोलखामा कार–मोटरसाइकल ठोक्किँदा एक युवक गम्भीर घाइते

हेर्दाहेर्दै डेस्क हेर्दाहेर्दै डेस्क २३ मंसिर २०८२, सोमवार
दोलखामा कार–मोटरसाइकल ठोक्किँदा एक युवक गम्भीर घाइते

00:0000:00

News Summary


  • दोलखाको नाम्दु बजारमा कार र मोटरसाइकल ठोक्किँदा धिरज कार्की गम्भीर घाइते भएका छन्।
  • घाइते कार्कीलाई चरिकोटमा प्राथमिक उपचारपछि थप उपचारका लागि धुलिखेल अस्पताल रिफर गरिएको छ।

दोलखा, २२ मंसिर - जिल्लाको वैतेश्वर गाउँपालिका–६ नाम्दु बजारमा कार र मोटरसाइकल एकआपसमा ठोक्किँदा जिरी नगरपालिका–४ सिउरानीका ३० वर्षीय धिरज कार्की गम्भीर घाइते भएका छन्।

ईलाका प्रहरी कार्यालय जिरीका अनुसार चरिकोटबाट जिरीतर्फ जाँदै गरेको बागमती प्रदेश ०२–०३४ प ८६५४ नम्बरको मोटरसाइकल र जिरीबाट चरिकोटतर्फ आउँदै गरेको बा.प्र ०१–०३२ च ०९५८ नम्बरको कार एकआपसमा ठोक्किँदा दुर्घटना भएको हो।

गम्भीर घाइते कार्कीलाई चरिकोटस्थित च्छोरोल्पा अस्पतालमा प्राथमिक उपचारपछि थप उपचारका लागि धुलिखेल अस्पताल रिफर गरिएको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ।

317 Shares

लेखकको बारेमा

हेर्दाहेर्दै डेस्क

हेर्दाहेर्दै डेस्क

सम्बन्धित खबरहरु

न्युज अपडेटस्

ट्रेन्डिङ्ग पोष्ट